हिमाली समुदायको महत्वपुर्ण चाड ग्याल्पो लोसार नयाँ वर्ष यो वर्ष भोट चन्द्र पात्रो अनुसार २०७५ माघ २२ गते परेको छ । नेपाल पंचाङग निर्णायक समिति र विभिन्न संघ संस्थाबाट प्रकाशित सबै पात्रोहरुमा फागुन २३ गते ग्याल्पो लोसारको मिति भए पनि यो वर्ष भोट चन्द्र पात्रो अनुसार माघ २२ गते परेको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । शेर्पा लगायत ग्याल्पो लोसार मनाउने सम्पुर्ण समुदायमा लोसारको मितिमा भ्रममा नपरी माघ २२ नै ग्याल्पो लोसार परेको स्पष्ट पारेको छ । नेपाल पंचाङग निर्णायक समितिले २०७५ सालको पात्रोमा ग्याल्पो लोसारको मिति सामान्य लिई फागुनमा नै राखेको छ । नेपाली पात्रो निर्माण तथा प्रकाशनका पंचाङग निर्णायक समितिले अन्य समुदायको चाड पर्वहरुको मध्यनजर नगरी साथै समुदायगत धर्मगुरु तथा विद्धत वर्गसंग कुनै पनि छलफल तथा सहकार्य नगरी नेपाली पात्र सार्वजनिक गर्दा यो समस्या देखा परेको शेर्पा समुदायका क्रियाशिल संघसंस्थाले सरकारको ध्यानषर्ण समेत गराएको छ ।
from Sherpa media Group Nepal https://ift.tt/2QGtmFS
No comments:
Post a Comment