फ्रड्स नेपालद्धारा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमको उद्घाटन गरि प्रशिक्षण सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 26, 2018

फ्रड्स नेपालद्धारा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमको उद्घाटन गरि प्रशिक्षण सुरु

रामेछाप, १० पुष, स्थानीय विकासको लागि गुणस्तर शिक्षा भन्ने नारा सहित रामेछाप जिल्लाको शारद मा.वि.गोकुलगांग २ ठोसे बजारमा फ्रडस नेपालद्धारा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमको एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि गोकुलगांग गाउँपालिकाको प्रमुख खड्ग सुनुवरले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमको बिशेष अतिथिको रुपमा उमाकुण्ड गाउँपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाको प्रमुख ङावा शेर्पा, गोकुलगंगा गाउँपालिका नमाडी स्रोत केन्द्रका स्रोत व्यक्तिहरु कृष्ण प्रसाद घिमिरे, ठोसे स्रोत केन्द्रका स्रोत व्यक्ति देव कुमार श्रेष्ठ,पत्रकार,कार्यक्रमको सहजकर्ता,संस्थाका कर्मचारी लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता फ्रड्स नेपालको अध्यक्षले गरेको थियो भने कार्यक्रम संचालन हारि पोखरेलले गरेको थियो । फ्रड्स नेपालको शिक्षा संयोजक तथा कार्यक्रम संञ्चालक पोखरेलले आसन ग्रहानको क्रममा विगतको दिनको कार्यक्रममा प्रसरप्रचार कम भएकाले समाजमा नकरत्मक सन्देश प्रभाह भई कार्यक्रमको प्रभावकारिता कम भएकाले यस पटक पत्रकारहरुलाई पनि बोलएको बताउनु भयो । त्यस्तै उमाकुण्ड गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको प्रमुख ङावा शेर्पाले खुसी व्यक्त गर्दै शिक्षकहरुलाई यहाँ सिकेको कुरालाई आफ्नो विद्यालय र उमाकुण्डमा पनि लागु गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गोकुलगांग गाउँपालिकाको प्रमुख सुनुवरले स्थानिय शिक्षा विकासमा फ्रड्स नेपालले सरहानिय काम गरेको बताउनु भयो । शिक्षामा चरम वेदभाव भएको र सामुदायिक विद्यालयको अवस्था धेरै दयनिय भएकोले उक्त अवस्थाबाट माथि उठाउन फ्रड्स नेपालले यस्तो कार्यक्रम आयोजना गरिएकोमा गोकुुलगांग गाउँपालिकाको तर्फबाट धेरै धन्यवनद व्यक्त गरिएको थियो । उनले गाउँपालिकाको तर्फबाट स्थानिय शिक्षा विकासको लागि गुरु योजना निर्माण गरि काम गर्ने र स्थानिय निकायको तर्फबाट जहिले पनि सकारात्मक सहयोग रहने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै संस्थाका अध्यक्षले यो कार्यक्रम पश्चात ११ जना प्रशिक्षकले आफ्नो वरपरको अन्य विद्यालयको शिक्षकहरुलाई तालिम सञ्चालन गर्नु पर्ने बताउनु भयो । त्यसको लागि सेवा सुविधाको व्यवस्था गरिदिने पनि बताउनु भयो । यसको लागि गाउँपालिकाले पनि अनुगमान संयन्त्र तयार परिदिनु पर्ने बताउनु भयो । शिक्षकहरुको नैतिक संकट पर्न नदिन राम्रो शिक्षणख कार्य गर्नु पर्ने र शिक्षक सुधारको लागि शिक्षक प्रोसहान कार्यक्रम सञ्चालन गर्ने पनि बताउनु भयो । अगमी दिनहरुमा स्थानिय निकायसंग सहकार्य गरि अवश्यकताको परिचाहन गरि कार्यक्रम बनाएर सञ्चालन गर्ने पनि बताउनु भयो ।



from Sherpa media Group Nepal http://bit.ly/2ERvTYi

No comments:

Post a Comment

Pages