दुई एकल महिला सगरमाथा आरोहण गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 26, 2018

दुई एकल महिला सगरमाथा आरोहण गर्दै

दुई विधवा महिलाले सगरमाथा आरोहण गर्ने घोषण गरेका छन् । सोलुखुम्बु पासाङल्हमु गाउपालिका वडा नं. ४ खुम्जुङकी निमा डोमा शेर्पा र खुम्जुङ पाङपोचेकी र्फुदिकी शेर्पाले यस्तो घोषण गरेका हुन् । हिमाल आरोहणका क्रममा दिबंगत भएका आफ्नो पतिका सम्मानका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
निमा डोमाका पति छिरिङ ओङछु शेर्पा सगरमाथा आरोहणका क्रममा सन् २०१४मा हिमपहिरोमा परि दिवंगत हुनुभएको थियो भने र्फुदिकीकी पति मिङमार शेर्पाको सन् २०१३मा निधन भएको थियो । दुवै विधुवा महिलाले ‘हामीले पनि गर्न सक्छौँ’ भन्ने नाराका साथ आगमी चैत्र महिनामा सगरमाथा आरोहण अभियान २०१९का नाममा सगरमाथा आरोहण गर्ने तयारी गरेको हुन् । दुबै जनाले गत मङसिरमा ६१८९ मि. को सोलुस्थित आईसल्यान्ड पिक र गत कार्तिकमा ६५८४ मि. को मनाङको चेलु इष्ट सफलतापुर्वक आरोहण गरेको छन् ।
सगरमाथा आरोहण पछि भविष्यमा एकल महिलाहरुलाई अगाडी बढ्नमा हौसला प्रदान गर्ने, विधवा महिलाहरुको क्षेत्रमा काम गर्ने, हिमाल आरोहण सम्बन्धी वृत्तचित्र निमार्ण गर्ने र जलवायु परिर्वतन सम्बन्धी जनचेतना फैलाउने उनीहरुले जानकारी दिएका थिए ।

तस्बिरः  ङवाङ शेरा शेर्पा

 



from Sherpa media Group Nepal http://bit.ly/2SmqATQ

No comments:

Post a Comment

Pages