शेर्पा संघ दक्षिण कोरियाको ल्होसार फेब्रुवरी 4 हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 25, 2018

शेर्पा संघ दक्षिण कोरियाको ल्होसार फेब्रुवरी 4 हुदै

शेर्पा संघ दक्षिण कोरियाले यस वर्ष पनि ग्याल्पो ल्होसारको अवसर पारि ल्होसार विशेष कार्यक्रम गर्ने भएको छ । २१४६ औं स मो (जमिन धातु) फाक ल्हो(सुंगुर वर्ग) को अवसरमा ल्होसार साँस्कृतिक साँझ कार्यक्रम गर्न लागिएको हो । संघले आगामी फेब्रुवरी ४ मा द. कोरीयाको राजधानी सउल स्थित थाङसिम्री स्टेशन गेट नं १ स्थित गोल्डेन टावर ८८ कोल्ला टेक रेष्टुरेण्टको हलमा कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
साँझ ७ बजेबाट बिहान ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य आकर्षणको रुपमा शेर्पा समुदायका ख्यातीप्राप्त गायक सोनाम शेर्पा र स्थानिय शेर्पा कलाकारहरुको प्रस्तुतीको साथमा किर्तिमानी डिजे छेवाङ को डीजे सेसन बिहानसम्मै रहने संघका महासचिव थुतुङ गेल्जे शेर्पाले बताए ।
विभिन्न शिलशिलामा द. कोरियामा बसोबास गरिरहेको शेर्पा समुदायमा एकरुपता ल्याउन, भाषा,धर्म, संस्कृतिको संरक्षणमा निरन्तरता दिन र समुदायसंग सम्बन्धित विभिन्न विषय र क्षेत्रहरुमा नेपालमा पनि हातेमालो र योगदान दिन स्थापित संघले ल्होसार विशेष कार्यक्रम र अन्य विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउँदै संघका अध्यक्ष पासाङ शेर्पाले कार्यक्रममा उपस्थित भई सफल बनाइदिन कोरियास्थित सम्पुर्ण संघ संस्था लगायत सम्बन्धित सबैमा आग्रह गर्नु भएको छ ।



from Sherpa media Group Nepal http://bit.ly/2V3glWm

No comments:

Post a Comment

Pages