दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 15, 2018

दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू

दक्षिण कोरियामा गत बुधबार चितवनका धनसिं तामाङको मृत्यू भएको एक हप्ता नहुदै काभ्रे बुडाखानी घर भएका सुजन थापाको शनिवार विहान मृत्यू भएको छ । चार बर्ष पहिले इपिएस मार्फत कोरिया आएका थापाको कम्पनीको बस्ने ठाउँमा सुतेकै अबस्थामा ज्यान गएको हो ।
बिहान कम्पनी जाने बेलासम्म नउठेपछि के भएको हो भनि हेर्न जादा सुतेकै अवस्थामा मृत फेला परेको उनका सहकर्मीको भनाई छ ।
प्रहरीले पोस्टमार्टम र नेपाल लैजाने प्रक्रिया सोमबार मात्रै हुने जानकारी गराएको काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताए । ‘आज पुलिस आएर घटना स्थलको चेकजाँच गरेर लास लिएर गएछ । नेपाली राजदुताबासमा पनि खबर गरेको छ । बाँकी प्रक्रिया सोमबार मात्रै हुने भएको छ ।’ उनले भने । ‘हामी बिहान घटनास्थल पुगेका थियौ । कम्पनीको साथीसँग कुरा गर्दा बिहान तीन चार बजे तिर ट्वाइलेट गएको भन्ने बुझ्यौ । त्यस पछि तीन घन्टा पछि उठाउँदा मान्छे जिउँदो थिएन । यो ज्यादै दुखद घटना हो । बस्ने ठाउँ पनि त्यति राम्रो रहेनछ । कन्टेनरमा हावा आउने जाने ठाउँ नै नराखी बन्द गरेको रहेछ । के कारणले यस्तो भयो । पोष्टमार्टमको रिपोर्ट पछि नै थाहा होला ।’ उनले थपे ।
मृतकको श्रीमती र एक छाेरी छन भने एउटा भाइ तीन महिना अघि मात्र कोरियामा आएका छन् । दक्षिण कोरियामा एक सातामा नहुदै थापा सहित तीन जना नेपालीको मृत्यु भएको छ ।

The post दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू appeared first on .



from https://ift.tt/2CfeQNF

No comments:

Post a Comment

Pages