शेर्पा किदुग मलेसियाको लोसार तयारी सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 3, 2018

शेर्पा किदुग मलेसियाको लोसार तयारी सुरु

शेर्पा सकदुग मलेसियाले सधैं झै यस वर्ष पनि ग्याल्पो लोसार कार्यक्रमको तयारी सुरु गरेको छ । आइताबार संस्थाका अध्यक्ष तेन्जि शेर्पाको अध्यक्षतामा बसेको बैठकले चाइनिज नयाँ वर्षमा सबैको छुट्टी मिल्ने भएकाले यो वर्षको लोसार कार्यक्रम छुट्टीको अवसर पारेर लोसार कार्यक्रम फेव्रुवरीमा गर्न लागेको महासचिव आङ फुर्वा शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । किदुगले आफ्नो भाषा, धर्म, सस्कार, संस्कृति, भेषभुषा, मौलिक परम्परा, लिपि र पहिचान लाई संरक्षण गर्ने उदेश्य सहित आफनो स्थापना काल देखि नै लोसार कार्यक्रम गर्दै आएको छ । विगत केहि वर्ष देखि किदुगले लोसार कार्यक्रमको अवसरमा स्थानीय कलाकार साथै नेपालबाट समेत कलाकार लाग्ने गर्दै आएको छ । संस्थाले यस वर्ष पनि नेपालबाट डि.जे सहित कलाकारहरुलाई निमन्त्रणा गर्ने तयारी गरेको महासचिव शेर्पाले जनाएको छ ।

रोजगारी साथै विभिन्न सिलसिलामा मलेसियामा बस्दै आएको शेर्पा समुदाय मात्र नभइ अन्य समुदायको समेत उल्लेख उपस्थिति हुने गर्दछ । गत वर्ष नेपालबाट विश्वको अग्लो स्थानमा डि.जे गरी विश्व किर्तीमान गरेका डि.जे छेवाङ शेर्पा,अमेरिकामा रहेर पनि शेर्पा समुदायको विधागत तथा नेपाली संगित क्षेत्रमा कलम चलाउँदै आएको आङफुरी शेर्पा शेर्पा समुदायका प्रतिभाशाली नव गायिका ओङमु शेर्पा साथै मलेसियामा नै रहेका नेपाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । यस वर्ष पनि कार्यक्रमलाई भव्य र सभ्य बनाउन तयारी सुरु गरेको महासचिव आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

गत वर्षको कार्यक्रमको झलक



from Sherpa media Group Nepal https://ift.tt/2Sp94hy

No comments:

Post a Comment

Pages