सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 3, 2018

सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण

१७ मंसिर, २०७५/सोलुखुम्बु समाचार — सोलुखुम्बुको सिसाखोलामा भएको विद्यालय स्तरीय फुटबल प्रतियोगिता चिम्दिङ आधारभूत विद्यालयले जितेको छ । सिसाखोला आधारभूत विद्यालयको आयोजनामा गत हप्ता भएको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय प्रतियोगितामा पत्ताले आधारभूत विद्यालय दोश्रो, घुन्सा तेश्रो र सिसाखोला आधारभूत विद्यालयले चौथो स्थान प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता चिम्दिङ आधारभूत विद्यालयले १५ हजार नगदका साथमा शिल्ड र मेडल प्राप्त गरेको छ । यस्तै अन्य विजेता टिमले क्रमशः नगद १० हजार र ५ हजारको साथमा शिल्ड र मेडल प्राप्त गरेको छ भने सिसाखोला आधारभूत विद्यालयले ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई मेडल र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिता सिसाखोला आधारभूत विद्यालयको सहयोगी संस्था “बम्जन एण्ड डोल्मा समाज सेवा नेपाल” को सहयोगमा आयोजना भएको हो । प्रतियोगिताको नगद पुरस्कार एभ्रेष्ट लिंक प्रा.लि.का बुद्ध तामाङले प्रायोजना गरेका थिए । प्रतियोगिताका लागि जर्सी, ट्रफी, मेडल, नेट र फुटबल क्यानेडियन नागरिक पाप्पा इयोन व्हाइटले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।

सोही अवसरमा बम्जन एण्ड डोल्मा समाज सेवा नेपालले सिसाखोला आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ज्याकेट, टोपी, झोला, जुत्ता, स्टेशनरी लगायत्का सहयोग सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सहयोगी दातालाई सम्मान समेत गरिएको थियो ।

The post सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण appeared first on .



from https://ift.tt/2Q7otGy

No comments:

Post a Comment

Pages