शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक

शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक
शेर्पा विद्यार्थी संघ स्थापनाको २५ वर्ष पुरा भएको छ । संघले शेर्पा समुदायको महत्वपुर्ण पर्व स मो फाग् लो २१४६ औ ग्याल्पो लोसार तथा २५ औ रजत जयन्ती एकै साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिरहेको छ । शेर्पा समुदायका युवाहरुलाई शिक्ष्ाँ क्षेत्रमा मात्र नभइ नेतृत्व विकासमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको संस्थाले आफ्नो दुई दशक लामो यात्रा सफलता पुर्वक जारी राखेको छ । दुई दशक लामो अवधिमा शेर्पा विद्यार्थीका अधिकार स्थापनामा मात्र नभई समुदायको संस्कृतिका लागि पनि काम गर्दै आएको छ । लामो समय देखि लोसार सा“झ कार्यक्रम गर्दै आएको संघले यो वर्ष आर्थिक मितव्ययिता अपनाउ“दै सृजनात्मक तथा सा“स्कृतिक कार्यक्रममा जोड दिन यो वर्ष लोसार सा“झ भने नगर्ने भएको छ । यो वर्ष लोसारको अवसरमा सा“स्कृतिक कार्यक्रम तथा फुटसल खेल प्रतियोगिता विद्या पुरस्कार वितरण गर्ने कार्यक्रम छ । त्यसका साथै संस्थाको २५ औ वार्षिक उत्सव अर्थात रजत जयन्तीको अवसरमा स्नातक तहमा अध्ययनरत तीन जना विद्यार्थीलाई पुर्ण छात्रवृद्धि वितरण गर्ने संस्थाका अध्यक्ष्ँ साङगे मिङमा शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । । विशेत आर्थिक मितव्यिता साथ साथै विद्यार्थीमैत्री कार्यक्रमलाई जोड दिने हेतुले यो वर्ष फरक खालको कार्यक्रम गर्न लागेको अध्यक्ष्ँ शेर्पाको भनाइ छसंस्थाले छात्रवृद्धिको फारम भर्न सम्पुर्ण शेर्पा विद्यार्थीहरुमा आह्वान समेत गरिसकेको छ । त्यसका साथै संस्थाको स्थापना काल देखि हाल सम्म संस्थामा रहेर योगदान पु¥याएका र संस्थाका कामहरुमा विशेष योगदान पु¥याउदै आएको सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।त्यसको साथै प्रत्येक वर्ष जस्तै यो वर्ष पनि शेर्पा प्रतिविम्वको विमोचन कार्यक्रम पनि रहेको छ । संस्थाको अहिले सम्म विभिन्न ११ जिल्लामा जिल्ला शाखाहरु रहेको छ ।
कार्यक्रम तालिका यस्तो रहेको छ ।
१.पुष १९ गते फुटसल टुरनामेन्ट
२. पुष २२ गते सा“स्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम



from Sherpa media Group Nepal https://ift.tt/2QJbBWP

No comments:

Post a Comment

Pages