बुटवल, मंसिर २५ । गुरुङ समुदायले तमु ल्होसार (पुस १५) मा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् ।
२०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले प्रधानमन्त्रीसँग विदा दिन माग गरेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउंदै परिषदले ल्होसारमा राष्ट्रिय विदा यथाशिघ्र पुनःस्थापित गर्न माग गरेको हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अन्यन्तै दुखित र आक्रोसित बनाएको स्मरणपत्रमा उल्लेख छ ।
‘२०६२—२०६३ को जनआन्दोलनको सफलतासँगै गठित अन्तरिम सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ४५.३ प्रतिशत जनताले आदिमकाल देखि मनाउदै आएको उधौली—उभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघी—माघे संक्रान्ति गरी पाँच पर्वमा सार्वजनिक विदा दिएकोमा वर्तमान सरकारबाट भएको विदा कटौतीको जनजाति समुदायले घोर भत्र्सना गर्दछौं’ पत्रमा लेखिएको छ ।
पत्रमा अगाडि भनिएको छ ‘नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई हामी पनि साथ दिन चाहन्छौं, तर ३५.३ प्रतिशत जनतालाई सडकमा जान बाध्य बनाएर यो नारा कदापी सफल हुंदैन ।’
सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने अनुभूति गराउने बाटोतर्फ अघि बढ्नुको साटो वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले सरकार एकल जाति, भाषा, संस्कार, संस्कृति र धर्मको पक्षमा मात्रै रहेको अनुभूति भएको परिषदले बताएको छ ।
मुलुक सबै जाति, समुदायको साझा हो भन्ने अनुभूति गराउन र असमानताको अन्त्यको लागि तमु ल्होसार (पुस १५) गते विदा दिन माग गरिएको छ ।
श्रोत, अनलाइन खबर
The post गुरुङ समुदायले पुस १५ मा तमु ल्होसारको सार्वजनिक विदा दिन सरकारसँग माग appeared first on .
from https://ift.tt/2SLiHrd
No comments:
Post a Comment