सोलुखुम्बुमा ढिस्कोले पुरिएर मजदुरको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 24, 2018

सोलुखुम्बुमा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

सोलुखुम्बु, ८ मङ्सिर: सोलु दूधकुण्ड नगरपालिका–१० च्याङबामा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । घडेरी खन्ने क्रममा सोलु दूधकुण्ड नगरपालीका–१० च्याङका ३८ वर्षीय ल्हाक्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । भूकम्पपीडितको आवास निर्माणको मजदुरी गर्दै आएका शेर्पाको ढुङ्गा उत्खनन् गर्ने क्रममा ढुङ्गा र ढिस्कोले पुरिएर घटना स्थलमै ज्यान गएको बताइएको छ ।

साथीसँगै काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गासहितको माटोको ढिस्कोले पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् । टाउकोमा चोट लागेकाले उहाँको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

The post सोलुखुम्बुमा ढिस्कोले पुरिएर मजदुरको मृत्यु appeared first on .



from https://ift.tt/2RcjaCj

No comments:

Post a Comment

Pages