खुम्बु पासाङल्हमु गाउँपालिकामा ३ दिने तालिम, ७० जना महिला सहभागी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 25, 2018

खुम्बु पासाङल्हमु गाउँपालिकामा ३ दिने तालिम, ७० जना महिला सहभागी

सोलुखुम्बु, मसिंर ९ । खुम्बु पासाङल्हमु गाउँपालिकाले महिलाहरुलाई लक्षित गरि ३ दिने तालिम आयोजना गरेको छ । शनिवारबाट सुरु भएको तालिम खुम्बु पासाङल्हमु गाउपालिका वडा न २ लुक्लामा संचालन भइ रहेको छ ।


कानुनी सचेतना, नेतृत्व विकाश सम्बन्धी ३ दिने तालिम दिइ रहेको गाउँ पालिका उपप्रमुख टासी शेर्पाले जानकारी दिनुभयो । खुम्बु पासाङल्हमु गाउँपालिकाको वडाहरुमा गठन भएका नयाँ तथा पुराना गरि २४ वटा महिला समुह रहेकोमा २२ वटा महिला समुहले सहभागीता जनाएको छ । गाउँ पालिकाको प्रत्येक वडामा महिला समुह गठन गर्न लागेको शेर्पाले जानकारी दिइन । महिलालाई अग्रसर गराउन समुहले सहयोग गर्ने उनको धारणा रहेको छ सामुहिक एकताले नै गाउँपालिकाको विकास गर्न सक्ने उनी बताउछिन ।
३ दिने तालिममा २ दिन कानुनी विषय र नेतृत्वविकास सम्वन्धी तालिम हुनेछ भने अन्तिम दिन सोमवार अन्तरक्रिया कार्यक्रससगै पालिका स्तरिय महिला समुह गठन हुने गाउँ पालिका प्रमुख शेर्पाले जानकारी दिनुभयो । तालिममा निर्वाचित सदस्य सहित ७० जना महिला सहभागी रहेका छन ।

The post खुम्बु पासाङल्हमु गाउँपालिकामा ३ दिने तालिम, ७० जना महिला सहभागी appeared first on .



from https://ift.tt/2RaA6ZR

No comments:

Post a Comment

Pages