अमेरिकामा बसे पनि रोकिएन संगित मोह, देण्डी शेर्पाको नयाँ गीत सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 24, 2018

अमेरिकामा बसे पनि रोकिएन संगित मोह, देण्डी शेर्पाको नयाँ गीत सार्वजनिक

विगत लामो समयदेखि शेर्पा समुदायको साँस्कृतिक संगित क्षेत्रमा कलम चलाउँदै आउनुभएको गायक निर्त्यकार तथा संगीतकार देन्डी शेर्पा अमेरिकामा रहेर पनि आफ्नो योगदानलाई निरन्तरता दिइ राख्नु भएको छ । शेर्पाले पहिलो पटक शेर्पा भाषा कला र संस्कृतिको प्रवद्र्नार्थ न्यू योर्कमा शशी क्यिपु च्यिला ला योए बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ । २०१८ को नयाँवर्षको ल्हप्सु कार्यक्रम मा शेर्पा किदुक् अमेरीकाका अध्यक्ष उर्गेन शेर्पाले बिमोचन गर्नु भएको २ वटा गिती एलबमको एक साथ विमोचन गर्नु भएको थियो । विभिन्न २० वटा गितहरू समावेश गरिएको नयाँ शेर्पा कल्चरल एन्ड वेडिङ सोँङ्स् गिती एल्बम २०१८ अन्तर्गत शशी क्यिपु च्यिला ला योए अर्थात एउटा सुन्दर र सुखमय गाउँ छ बोल को गीत मा म्युजिक भिडियो शेर्पा आफैको नीर्त्य निर्देशन समेत रहेको छ । नयाँ गिती एयल्बम को शब्द तथा लिरिक्सको सम्पादन न्यू योर्क मा बसोबास गर्नु हुने आदर्णीय धर्म गुरु डाक्टर युला शेर्पा, लामा उर्गेन टुल्कु खाम्बाचे, लोपेन ग्युर्मे छोड्राक र नेपाल मा रहनु हुने खेन्पो ङवाङ लोडुप ज्युले गर्नु भएको कलाकार आङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यस गीतमा गायक देन्डी शेर्पा सहित गायक गाम्बु शेर्पा, आङ ग्याल्जेन शेर्पा ठाकतोक, दावा ल्हमु शेर्पा ठाकतोक पासाङ फुटी शेर्पा ठाकतोक र जिमा शेर्पा लामाको स्वर रहेको छ ।
त्यसै गरी नृत्य गर्ने कलाकार हरुमा देन्डी शेर्पा ठाकतोक’ आङ ग्याल्जेन शेर्पा, ठाकतोक, छिरीङ शेर्पा ठाकतोक, आङ पासाङ शेर्पा लामा, ग्याल्जेन शेर्पा गोले, सोनाम छिरीङ शेर्पा ठाकतोक, र ग्याल्छेन शेर्पा ठाकतोक, दावा ल्हमु शेर्पा ठाकतोक, फुडोमा शेर्पा सलाका, ङिमा कान्छी शेर्पा पीनासा फुर्वा डोल्मा शेर्पा लामा, पासाङ याङ्जी शेर्पा टाकतोक, जाङ्मु शेर्पा गोले’ र डोल्मा शेर्पा सलाका रहेका छन । शेर्पा समुदायमा भाषा कला र संस्कृतिको संरक्षणका लागि निरन्तर देन्डी शेर्पाले करिब १५० भन्दा बढि शेर्पा गीतहरु रेकर्ड् गरी सक्नु भएको छ । नयाँ म्युजिक भिडियोकोे छायांकन तथा सम्पादन पासाङ शेर्पाले गर्नु भएको छ ।

 

 

Source:निम्लेकी शेर्पा -sherpa media group Nepal

The post अमेरिकामा बसे पनि रोकिएन संगित मोह, देण्डी शेर्पाको नयाँ गीत सार्वजनिक appeared first on .



from https://ift.tt/2SdtaeE

No comments:

Post a Comment

Pages