उडल्यान्ड ल्याङगोयज सेन्टरले जापानमा जाने कामदारहरुका लागि एकदिने गोष्ठि कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ । जापानिज भाषा कक्षा साथै विशेष गरी जापानमा केयर गिभरको रुपमा जानका लागि आवश्यक विषयहरुमा जानकारी गराइएको थियो । नेपालका लागि उडल्यान्ड ल्याङग्यज सेन्टरका प्रमुख लाक्पा शेर्पा र जापानका कार्यकारी प्रमुख मियताने आकिहिनुले यस विषयमा संय्तm रुपमा जानकारी गराइएको थियो । केयर गिभरमा जापान जानका लागि कम्तिमा एन थ्री र एन फो सम्म भाषाको दक्षता लगायतका विषयमा जानकारी दिइएको थियो । नेपालका लागि ल्याङगोयज सेन्टरका प्रमुख लाक्पा शेर्पाले जापानमा केयर गिभरको रुपमा काम गर्न चाहाने नेपाली कामदारले विभिन्न म्यानपावार र विचौल्या को कुरा सुनेर पैसा खर्च गर्नु भन्दा पनि भाषामा दक्षता भइ जापान जाने तर्फ लाग्न आवश्यक रहेको बताउनुभयो । आफुहरुले जापान सरकारसंग नै समन्वय गरेर केयर गिभरको रुपमा जापान जान चाहाने नेपाली कामदारका लागि भाषा साथै आवश्यक तालिम समेत उपलब्ध गराई दक्ष कामदार जापान पठाउने काममा आफुहरु लागि परेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा ल्याङगोयज एकेडेमी जापानका प्रतिनिधी साथै विद्यार्थीहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो ।
 
 
from Sherpa media Group Nepal https://ift.tt/2zf4g7g
 
 
 
No comments:
Post a Comment