ओखलढुंगा संवाददाता शेरसाङ्रे शेर्पा
खिजीदेम्बा प्रदेश नं-१,ओखलढुंगा जिल्ला,खिजीदेम्बा गाउँपालिका वडा नं-८ साबिकको भुसिङ्गा -९ धुपीसुर्केमा रहेको किल्खोरदिङ साङ्दोक पालोरी गुम्बा संस्था पुन:निर्माण गर्नका लागि हालसम्म करिब ६० लाख बराबरको खर्च भएको छ। गत साउन महिनाबाट गुम्बामा युलसाङ पुजा आयोजना गरी गुम्बा निर्माणको लागि शिलान्यास गरेर निर्माणकार्य शुभराम्भ गरिएको किल्खोरदिङ गुम्बा निर्माणकार्य करिब ५०% काम पूरा भैसकेको छ।
ओखलढुंगा जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक ऐतिहासिक गुम्बा २०७२ साल बैशाख १२,१३ र २९ गतेको महा विनाशकारी भुकम्पबाट पुर्ण रूपमा क्षतिग्रस्त भएको थियो।गुम्बा पुर्ण रूपमा क्षतिग्रस्त भएको करिब ४ बर्ष पछि २०७५ साल असार २ गतेको दिन पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेसंगै गुम्बा पुनः निर्माणकार्यलाई प्राथमिकता साथ अगाडि बढाइएको थियो।गुम्बा व्यवस्थापन समितिको केन्द्रिय कार्यालयबाट गुम्बा पुनः निर्माणका लागि महत्त्वपूर्ण बजेट हात पर्छ कि भनेर ३ वर्षसम्म त्यसै राखेको भएता पनि पुनः निर्माणको लागि कुनै बजेट हात नपरेपछि किल्खोरदिङ साङ्दोक पालोरी गुम्बा संस्थाका अध्यक्ष तथा धर्मगुरु तेन्जिङ राङ्डोल रिन्पोच्छे ज्यू ले स्थानीय जनसमुदायबाट प्राप्त सहयोग र बाकी नपुग रकम सबै आफै व्यहोर्ने महान बिचारका साथ गुम्बा निर्माणकार्य शुरूवात गरिएको हो। २०१३ सालमा स्थापन भएको किल्खोरदिङ साङ्दोक पालोरी गुम्बा ओखलढुंगा जिल्लाकै एक ठुलो तथा ऐतिहासिक गुम्बाको रूपमा परिचित रहेको थियो।गुम्बामा भुकम्प भन्दा अगाडि वार्षिक रूपमा विभिन्न धार्मिक कार्यक्रमहरु संचालन गर्दै आएको गुम्बाका निवर्तमान अध्यक्ष कुशाङ शेर्पा लामाले बताउनुभयो ।शेर्पाका अनुसार गुम्बा मणिरिम्डु,डुम्जी,देवलोक दिवस,बुद्ध जयन्ती,युङ्ने,छेच्यु जस्ता धार्मिक पर्वहरु व्यापक रूपमा सुचारू गर्दै आइरहेको जनाइएको छ। किल्खोरदिङ साङ्दोक पालोरी गुम्बामा लामा चेलाहरुको बाग्लो बसोबास रही धर्मगुरु तेन्जिङ राङ्डोल रिन्पोच्छेको आज्ञा आदेशमा शिरोपर गर्दै करिब १५० जना लामा टावाहरु गुफा बस्ने गरेको भएता पनि गुम्बा विनाशकारी भुकम्पले पुर्ण रूपमा क्षतिग्रस्त बनाएपश्चात कतिपय लामा टावाहरु रोजगारीको सिलसिलामा विदेश लगायत नेपालको राजधानी काठमाडौंमा बस्न थालेको गुम्बाका एक लामाले बताउनुभयो।अब गुम्बा पुनः निर्माण कार्य सप्पन्न भएपछि फेरि पनि किल्खोरदिङ गुम्बामा लामा टावाहरुको उपस्थिति राम्रै हुने दावी छ। किल्खोरदिङ गुम्बा पुनः निर्माणकार्यमा हालसम्म ६० लाख बराबरको रकम खर्च भैसकेको भएता पनि खिजीदेम्बा गाउँपालिकाबाट आर्थिक अनुदान सहयोग -३ लाख र वडा कार्यालय भुसिङ्गाबाट -५ लाख गरी जम्मा -८ लाख बजेट बाहेक अझैसम्म कुनै सरकारी तथा गैरसरकारी संस्थाको तर्फबाट कुनै आर्थिक अनुदान सहयोग नपाएको र स्थानीय जनसमुदायको आर्थिक सहयोग बापत २५ लाख र गुम्बा अध्यक्ष तेन्जिङ राङ्डोल रिन्पोच्छेको व्यक्तिगत खर्च ३५ लाख रुपैयाँ गरि २०७५ मंसिर १ गतेसम्म करिब ६० लाख रुपैयाँ खर्च भैसकेको गुम्बाका अध्यक्ष तेन्जिङ राङ्डोल रिन्पोच्छेले बताउनुभयो। अध्यक्ष लामाका अनुसार अब स्थानीय जनसमुदायको तर्फबाट प्राप्त हुनुपर्ने अधिकांश सहयोग प्राप्त भैसकेको र इच्छुक सहयोगी मनहरुले सहयोग गर्ने क्रम निरन्तर जारी रहेको जानकारी अवगत गराउदै अब गुम्बा पुनः निर्माणकार्य सम्पन्न गर्नेसम्मका सबै खर्च आफैले व्यहोर्ने जनाइएको छ। भुकम्प गाएको केही समय पश्चात् भेतनामका धर्मप्रति आस्थावान सहयोगी मनहरुबाट भएको सहयोगबाट काठमाडौमा एक हजार वटा हात भएको भगवानको मुर्ति निर्माणकार्य सम्पन्न भएको र सो मुर्ति गत साल काठमाडौको शेर्वा गुम्बामा आयोजित मणिरिम्डु तथा डुम्जी कार्यक्रममा सबैलाई दर्शन गराइसकेको समेत स्पष्ट गर्नुभयो। युलसाङ पुजा सुचारु गरी गुम्बा निर्माणकार्य तीब्र गतिले संचालन गरेको तीन महिना नबित्दै करिब ५०% काम सम्पन्न भइ मिति २०७५ साल मंसिर १ गते शनिबारदेखि निर्माण भइरहेको गुम्बा भित्रै छेच्यू पुजा सुचारु गरिएको छ। किल्खोरदिङ गुम्बा खिजिदेम्बा गाउँपालिकाका १देखि ९ वटै वडा र मोलुङ गाउँपालिका र छिमेकी जिल्ला सोलुखुम्बु,रामेछाप लगायत श्रद्धालु भक्तजनहरुको लागि पवित्र स्थल तथा धार्मिक गुम्बा हो।यो गुम्बा ओखलढुंगा जिल्लाकै उच्च ठाउँमा रहेको थोलेदेम्बा डाँडादेखी पुर्व खण्डमा अवस्थित छ।
from Sherpa media Group Nepal https://ift.tt/2OQw6vo
 
 
 
No comments:
Post a Comment