ल्याम्से सामुदायिक वन उपभोक्त समितिको दशौं साधारणसभा सम्पन्न, गाउँपालिकाले एकलौटी गरेको वडाको आरोप - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

ल्याम्से सामुदायिक वन उपभोक्त समितिको दशौं साधारणसभा सम्पन्न, गाउँपालिकाले एकलौटी गरेको वडाको आरोप

मंसिर १,रामेछाप । ल्यम्से सामुदायिक वन उपभोक्त समिति चुचुरे ८,९ र बाम्ती ४ को दशौं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन आज रामेछापको गोकुलगंग गाउँपालिका वडा नं. १ बुल्डाडमा सम्पन्न गरियो । गोकुलगंगा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मणिकुमार तामाङको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्रको रेञ्जर राजेन्द्र यादव,वडा नं. १ का वडा सदस्य,सिवलय प्रहरी चौकीका इन्चार्ज प्रेम गिरी,प्रहरी प्रशासन ,विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत यस सामुदायिक वन उपभ को लगभग २०० जना उपभोक्त सदस्यहरू उपस्थित थियो । उक्त साधारणसभामा निवर्तमान कोषाध्यक्ष ङातेम्बा शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनमा शेर्पाले भुकम्प पीडितहरूलाई निशुल्क काठ वितरण गरिएको हुदा भने जस्तो कोषामा रकम जम्मा नभएको बताउनुभयो । स्वीस वन परियोजना र जिल्ला वन कार्यालय द्वारा गठित उक्त ल्याम्से वन उपभोक्त समितिको कार्ययोजनाको म्याद सकिएको हुदा अब गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गोकुलगंगाको १ नं. वडाका सम्पुर्ण वन उपभोक्त समितिहरूलाई खारिज गरि संरक्षण क्षेत्र व्यवस्थापन समिति बनाउने र वनको प्रविधिक जाँचबुझ गरि नयाँ कार्ययोजना बनाएर लागु गरिनेछ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मणि कुमार तामाङले गाउँपालिकाको प्रमुखले एकलौटी निर्णय गरि जन हित विपरीत काम गरेको आरोप लगाउनु भयो ।वडाको पहलमा रास्नालु,ठोसे,डाडुवा सडक निर्माणमा विनियोजित ४० लाख रकमको गाउँपालिकका प्रमुखले समिति नबनाई ठाडो आदेश दिएर काम गराएको अध्यक्ष तामाङले बताउनुभयो । व्यक्तिको आवश्यकता पहिचान गरि काठ उपलब्ध गराउनुपर्ने र बार्षिक रूपमा सम्पुर्ण मिलेर वृक्षरोपण गर्नुपर्ने पनि बताउनुभयो । गौरीशंकर संरक्षण क्षेत्र आयोजना स्थापन पश्चात् स्थानीय बस्तीहरूमा जंगली जनावरको चहलपहल अत्यधिक बढेकाले अन्नबाली तथा पशु चौपाया हानी नोक्सानी गरेको हुदा गौरीशंकर संरक्षण क्षेत्र आयोजना सित क्षतिपूर्ति दिनुपर्ने स्थानीय उपभोक्तहरूको जन गुनासो रहेको छ । साथै भौगोलिक क्षेत्र अनुसार नियम बनाउनुपर्ने र तराई क्षेत्रको लागि बनाएको नियम हिमाली क्षेत्रमा लागू गर्न नहुने पनि स्थानीयहरूले बताउनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2zjs361

No comments:

Post a Comment

Pages