केकको सट्टा फेमार काटेर खुशीयाली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 28, 2018

केकको सट्टा फेमार काटेर खुशीयाली

शेर्पा किदुग अमेरिकाद्वारा शेर्पाहरुको भाषा, संस्कृति र बौद्ध दर्शनको अध्ययन अध्यापन गराउन स्थापित श्यार्वी रिग्श्युङ् लोप्टाको नवौं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । नोभेम्बर १८ मा शेर्पा किदुग भवनमा आयोजित कार्यक्रममा शेर्पा भाषा, संस्कृति र बौद्ध दर्शन बारे बालबालिकाहरुको उदाहरणीय प्रस्तुती समेत दिएका थिए । विगतका वर्षहरुमा केक काटेर मनाइने गरेको वाषिकोत्सव शेर्पा किदुगले यस वर्ष पहिलो पटक मौलिक शेर्पा परम्परा अनुसार फेमार काटेर वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष उर्गेन शेर्पाले जानाकरी दिनुभयो ।

 
बिहान आठ बजेबाट छेचु छोक्पाका लामाहरु र श्यार्वी रिग्श्युङ् लोप्टाका विद्यार्थीहरुबाट संयुक्त रुपमा डोल्क्षोक् र रिवो साङ्क्षो पूजा सहित शुरु भएको समारोहमा अमेरिकी शेर्पा समुदायका प्रमुख गुरु टुल्कु उर्गेन क्षोतर रिन्पोक्षेबाट फेमार काटेर विश्व शान्तिको लागि प्रणिधान समेत गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका औतारी गुरु उर्गेन क्षोतर रिन्पोक्षेले श्यार्वी रिग्श्युङ् लोप्टाले अमेरिकामा अनुकरणीय कार्य गरेको बताउनुभयो । उहा“ले अब अमेरिकामा जन्मेका बालबालिकाहरुलाई भाषा शिक्षा दिन एक बिशेष पाठ्यक्रम बनाउनु पर्ने र विश्वब्यापी रुपमा लागु गर्न सर्वमान्य व्याकरण निर्माण गर्नु पर्ने बताउनुभयो । श्यार्वी रिग्श्युङ् लोप्टाका अध्यापक लोपेन ग्युर्मे छोडकले केकको बदलामा मौलिक संस्कृति झल्किने फेमार प्रयोग गर्ने कार्यको प्रसंशा गर्दै कर्सुम् र ङार्सुम् जस्ता शुभ दव्य मिसाएर बनाइने फेमार हरेक शुभ कार्यमा प्रयोग गर्न सकिने बताउनु भयो । शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले विश्व शेर्पा मन्चले निर्णय गरे बमोजिम शेर्पा किदुगका सबै कार्यक्रमहरुमा मौलिक शेर्पा संस्कृतिको रक्षा र प्रबर्द्धन प्रार्थ्मिकता दिईने बताउनु भयो । उहा“ले शेर्पा भाषा शिक्षाको पाठ्यक्रम र व्याकरण निर्माणमा विश्व शेर्पा मंचस“ग सहकार्य गर्ने जानकारी गराउनु भएको थियो । विश्व शेर्पा मन्चका वरिष्ठ उपाध्यक्ष दावा जाङ्बु शेर्पाले विश्व शेर्पा मन्चले विश्व भरीकै शेर्पाहरुको भाषा, संस्कृति र चालचलनमा एकरुपता ल्याउन लागि परेको बताउ“दै रिग्श्युङ् लोप्टाबाट प्राप्त ज्ञानलाई विद्यार्थीहरुले ब्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो । बाल कक्षाका गुरु लामा नाम्डोल ग्याछोले शेर्पा किदुगको महान उद्धेश्यमा साथ दिन पाएकोमा खुशी प्रकट गर्दै भाषा र धर्मको रक्षाको लागि आफु निरन्तर लागि रहने वाचा गर्नु भयो ।

कार्यक्रममा श्यार्वी रिग्श्युङ् लोप्टा बाल कक्षाका विद्यार्थीहरुले शेर्पा भाषा, संस्कृति र बौद्ध दर्शन बारेमा हासिल गरेका दक्षता प्रदर्शन गरेका थिए । समारोहको बीचमा टुल्कु उर्गेन रिन्पोक्षे, लोपेन ग्युर्मे छोडक र लामा नाम्डोल ग्याछोलाई मन्डल अर्पण गरी आभार प्रकट गरिएको थियो । बाल कक्षा ब्यवस्थापकको रुपमा दुई वर्ष सेवा पुरा गरेका ल्हाक्पा तेन्जी शेर्पालाई खताग् लगाई धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रममा लोप्टाका संयोजक श्रीमती रिन्जी शेर्पा र संयोजक तेम्बा शेर्पा, लोप्टाका सदस्य पासाङ् काजी शेर्पा, बाल कक्षाका प्रबन्धक ल्हाक्पा तेन्जी शेर्पा र अभिभावकहरुको तर्फबाट श्रीमती फुनिमा शेर्पाले आआफ्ना मन्तब्य राखेका थिए ।
कार्यक्रमको संचालन किदुगका महासचिब तेन्डी शेर्पा र श्रीमती पासी शेर्पाबाट भएको थियो । बाल प्रतिभा कार्यक्रम विद्यार्थीहरु पाल्देन शेर्पा र जेनिफर शेर्पाले संचालन गरेका थिए ।
उक्त्त अवसरमा स्वास्थ्य संबन्धी जनचेतना जगाउन श्रीमती जाङ्मु शेर्पा, श्रीमती पासी शेर्पा र सुश्री छिरिङ् ल्हामु शेर्पाले संचालन गरेको कार्यक्रमलाई सबैले प्रसंशा गरेका थिए । कार्यक्रमले समग्र रुपमा शेर्पाहरुको मौलिक पहिचानको रक्षार्थ किदुगले प्राप्त गरेको सफलतालाई प्रतिविम्वित गरेको थियो ।

फोटो र जानकारीका लागि संस्थाका अध्यक्ष उर्गेन शेर्पालाई धन्यवाद



from Sherpa media Group Nepal https://ift.tt/2E0H9kN

No comments:

Post a Comment

Pages