मिस शेर्पा र मिस्टर शेर्पा हुने, डिसेम्बरको पहिलो साताबाट अडिसन सुरु गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 29, 2018

मिस शेर्पा र मिस्टर शेर्पा हुने, डिसेम्बरको पहिलो साताबाट अडिसन सुरु गर्ने

डिपास इन्टरनेसनलको पहलमा गत वर्ष देखि पुनह सुरु भएको शेर्पा समुदायको सुन्दरी प्रतियोगिता मिस शेर्पा प्रतियोगिता यो वर्ष पनि हुने घोषण भएको छ । विहिबार राजधानीमा शेर्पा समुदायका विभिन्न व्यतिmत्वहरुको उपस्थितिमा प्रतियोगिताको हुने घोषणा गरेको हो । यो वर्ष आयोजकले पहिलो पटक मिस्टर शेर्पा समेत थपेको छ । आयोजक अनुसर मिस शेर्पाको नयाँ संस्करण र मिस्टर शेर्पाको पहिलो प्रतियोगिताका लागि डिसेम्बर पहिलो साताबाट सुरु हुनेछ भने फाइनल पुस १५ गते काठमाडौंमा हुने जनाएको छ । प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने छ ।

शेर्पा जातिको युवा युवतीले मात्र प्रतिस्पर्धा गर्न पाउने उक्त प्रतियोगितामा एसइईमाथि अध्ययन गरेका १६ वर्ष बढीका नेपाली नागरिक अनि अविवाहित युवायुवातीले भाग लिन सक्ने डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ शेर्पा ‘छेल्हमु’ले जानकारी दिनुभयो । प्रतियोगिताबाट मिस र मिस्टर बन्नेले नगद र मेडल लगायतका पुरस्कार पाउनेछन् । यस पटक उपाधी जित्न सफल मिस शेर्पाले क्रोएसियामा सन् २०१९ अप्रिलमा हुने गरेको मिस टुरिजम वर्ल्डमा भाग लिने अवसर पाउने अध्यक्ष शेर्पाले जानकारी दिइन । विगत ७ वर्ष पहिले सुरु भएको मिस शेर्पा प्राविधिक कारणले रोकिएका कारण डिपासले गत वर्षदेखि पुनह सुरु गरेको हो । प्रतिनिधि सभाका संसाद जिप छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मिस शेर्पा २०१७ का विजेताहरुलाई सम्मान साथै विभिन्न माध्यमबाट सहयोग गर्ने व्यतिm तथा संघ संस्थालाई समेत सम्मान गरेको थियो ।



from Sherpa media Group Nepal https://ift.tt/2QtNwD2

No comments:

Post a Comment

Pages