कोरियामा डिसेम्बर ३० मा तमु ल्होछार मनाउने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 28, 2018

कोरियामा डिसेम्बर ३० मा तमु ल्होछार मनाउने

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होेछार मनाउने भएको छ । खी ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो ल्हो (मृग वर्ग) लाग्ने समयलाई तमु समुदायले ल्होछार मनाउन लागेको हो ।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगुकोे मेईल गार्डेन हलमा ल्होछार मनाउने लागेको तमु धीं थेगु शाखाका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसाररल्होछारको कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण र सम्बर्द्वनमा टेवा पुग्ने सचिव बिल गुरुङ बताए ।
यसपटकको फो ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “बुझें मैले नि“, “नाकमा झुम्के बुलाकी“, “नौ रङ्गी सपना“, “सालैजो“ लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो आवाज दिईसकेकी छिन् । गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)काे नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छिन् । कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईसकेकी उनी कार्यक्रमको शिलशिलामा एक दर्जन जति विदेश भ्रमण समेत गरिसकेकी छिन् ।
यसै वर्ष गठित तमु धीं दक्षिण कोरिया थेगु शाखाद्वारा पहिलो पटक आयोजना हुन गइरहेको यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य प्रस्तुत गर्नेछन् ।

ल्होछार कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट तमु परिकारको व्यवस्था गरेकाे संयोजक गणेश गुरुङले जानकारी दिए । ‘कार्यक्रम दिउँसो १२ बजे देखि बेलुकी ७ बजेसम्म कार्यक्रम हुनेछ । याे निक्कै रमाइलाे हुने हामीले विश्वास लिएका छाै । कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) समुदाय र नेपालीहरुलाई कार्यक्रममा आइदिन अाग्रह गर्छु । साथै डिसेम्बर ३० तारिख थेगु क्षेत्रमा अन्य कार्यक्रम पनि नराखि दिन अनुरोध छ ।’ उनले भने।
आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षा गरेको आयोजकले जनाएको छ ।

The post कोरियामा डिसेम्बर ३० मा तमु ल्होछार मनाउने appeared first on .



from https://ift.tt/2r7WsQh

No comments:

Post a Comment

Pages