शेर्पा संघ बेलायतले फेब्रुवारी १६ मा ग्याल्पो ल्होसार मनाउने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 28, 2018

शेर्पा संघ बेलायतले फेब्रुवारी १६ मा ग्याल्पो ल्होसार मनाउने

शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्ष पनि शेर्पा समुदाय प्रमुख पर्व लोसार र ल्हप्सो पुजा कार्यक्रम भब्यको साथ आयोजना गर्न भएको छ । संघले शेर्पाहरूको भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान , जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान ” भन्ने मुला नारा सहित स मो फ्का लो २१४६ औं ग्याल्पो लोसार अवसरमा १६ फेब्रुवारी २०१९ शानिबारको दिन विभिन्न कार्यक्रम सहित ग्याल्पो लोसार मनाउने तयारी गरिरहेको संस्थाका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनुभयो ।
४ नोभेम्बर २०१८ बसेको कार्यसमितिको बैठकले बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी भइ रहेको जनाएको छ । कार्यक्रममा गैर आबसीय संघ बेलायत, नेपाल आदीबासी जानजाती महासंघ बेलायत र अरू जातीय संघ संस्थाका प्रतिनिधिहरुले पनि सहभागीता जनाउने महासचिव शेर्पाले बताउनुभयो ।

लोसार आयोजक कमिटीमा आड. फुर्बाशेर्पा संयोजक, सहाल्लाकार आड. काल्जड. लामा, चाँद लामा, दावा शेर्पा, पासाड. गोपार्मा शेर्पा, निमा शेर्पा र दावा शेर्पा रहेका छन । साथै शेर्पा संघ बेलायतको संस्कृति सचिब ( culture secretary) श्रीमती आड. लाक्पाले श्यब्रु र शेर्पाको संस्कृति सम्बन्धी तालिम १० नोभेम्बर २०१८ देखि सुरु भइ सकेको छ । शेर्पा संघ बेलायतले ल्हप्सो पुजा ७ फेब्रुवारी २०१९ बिहीबारको दिन बुद्धिष्ट कमुनिटी सेन्टर युकेको गुम्बामा अयोजान गर्दै छन्। ल्हप्सो आयोजक कमिटीमा काजी शेर्पा संयोजक, दोर्जी शेर्पा, निमा शेर्पा, फुरि गेल्जेन शेर्पा र सोनाम शेर्पा छन्। ल्हप्सो हुने सबै खार्चा र लामालाई कुइन (दक्षिणा) आयोजक कमिटीले बेहोर्ने काजी शेर्पा बैठकमा जानकारी गराएका थिए । काजी शेर्पाले नेपालबाट खेन्पो ( आचार्य) कुसाड. शेर्पा लामा ल्याउने र संघले स्पोन्सरको लागि सहायोग गर्ने भएको छन्। ल्हप्सोमा गुम्बाको लामा र अरू स्थानीय लामा निमन्त्रणा गर्ने भएको छ ।
-sherpa media group nepal

The post शेर्पा संघ बेलायतले फेब्रुवारी १६ मा ग्याल्पो ल्होसार मनाउने appeared first on .



from https://ift.tt/2E4ttFm

No comments:

Post a Comment

Pages