उत्कृष्ट अविभावकलाई प्रमाणपत्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

उत्कृष्ट अविभावकलाई प्रमाणपत्र

 

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटका अभिभावकलाई असल अभिभावकको प्रमाणपत्र वितरण गरिएको छ ।
सो वडाको दलित, आदिवासी जनजाति, अशक्त बालबालिकाका अभिभावक गरी ४४ अभिभावकलाई बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, बालश्रम र उनीहरुमाथि गरिएको व्यवहारबाट भविश्यमा आउने परिवर्तनको विषयमा सचेत गराउने उद्देश्यले सो तालीमको आयोजना गरेको जनाइएको छ ।
तालीम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले चेतनाको विकास नगरको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बालबालिकामाथि गर्नुपर्ने सकारात्मक व्यवहार, राज्यद्वारा प्राप्त सामाजिक सुरक्षा र पोषणभत्ताको उचित उपयोगलगायतको विषयमा अभिभावकलाई जानकारीमूलक सन्देश प्रवाह गर्न तालीमको आयोजना गरिएको बताउनुभयो ।
हप्ताको एक दिन कक्षा लिने बाँकी दिन प्रयोगात्मक गरी १४ हप्तासम्म तालीम सञ्चालन भएको थियो । तालीममा सहभागी सरिता सुन्दास र कनक दर्जीले तालीम लिएपछि प्रयोग गरिएको व्यवहारबाट छोराछोरीको व्यवहारमा पनि सुधार पाएको बताउनुभयो ।
नाङशास एशोसिएशन नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा भएको तालीम नमूनाका रूपमा सो वडामा पहिलोपटक शुरु गरेको एशोसिएशनका कार्यकारी निर्देशक गुणराज मुक्तानले बताउनुभयो ।

रासस

The post उत्कृष्ट अविभावकलाई प्रमाणपत्र appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2qUP9vm

No comments:

Post a Comment

Pages