चाँगेस्थान मा.वि. केरुङमा नयाँ भवन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 3, 2018

चाँगेस्थान मा.वि. केरुङमा नयाँ भवन

१७ कात्तिक, २०७५/सोलुखुम्बु समाचार – सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले भौतिकसँगै शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक संस्थाहरुको ध्यान जानु पर्ने बताएकाछन् । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) को संयोजनमा सोलुखुम्बुमा चाँगेस्थान माध्यमिक विद्यालय केरुङमा निर्माण गरेको भुकम्प प्रतिरोधी भवन हस्तान्तरण कार्यक्रममा शनिबार बोल्दै शेर्पाले शैक्षिक गुणस्तरका वृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताए ।

अमेरिकी नागरिक पिटर डि निकोलसको आर्थिक सहयोग र रीड नेपालको संयोजनमा निर्माण सम्पन्न भएको ३ वटा भवनमा दुई दुई वटा कक्षा कोठा रहेकाछन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर शेर्पाले सोलुखुम्बुको शैक्षिक विकासमा रीड नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा विद्यालय भवन निर्माणका आर्थिक दाता अमेरिकी नागरिक पिटर डि निकोलसले केरुङका बालबालिकालाई लक्षित गरी विद्यालय भवन निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले विश्वको सुन्दर ठाउँ सोलुखुम्बु आउन पाउँदा आफूले सधैं भाग्यमानी महसुस गर्ने गरेको र आगामी दिनमा पनि सम्भव भएसम्मको सहयोग जारी राख्ने आश्वासन दिए ।

रीड नेपालका अध्यक्ष भीम बोगटीले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबै पक्षले सकारात्मक भूमिका खेल्नु पर्नेमा जोड दिए । चाँगेस्थान माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पासाङ कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको तर्फवाट विभिन्न मागहरु रीड नेपाल तथा दाता समक्ष प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विद्यालयको तर्फवाट पिटर डि निकोलस लगायत् विद्यालयका अन्य सहयोगीलाई सम्मान गरिएको थियो । विद्यालय विदाको समयमा कार्यक्रम आयोजना भएको भएपनि कार्यक्रममा नजिकका विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

solukhumbu kerung
सोलुखुम्बु समाचार बाट साभार



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2P9EuLw

No comments:

Post a Comment

Pages