तामाङ संघ दक्षिण कोरियाले ‘तामाङ धिम’ संचालन गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 3, 2018

तामाङ संघ दक्षिण कोरियाले ‘तामाङ धिम’ संचालन गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) संचालनमा ल्याउने भएको छ । सउलको दोङदेमुनमा संचालन हुने धिमको नोभेम्बर ४ आइतबार औपचारिक उद्घाटन हुनेछ ।
‘दक्षिण कोरियामा ईपीएसबाट आउने तामाङहरु धेरै भए । काम छोडेर बसेका साथीहरुलाई अप्ठ्यारो परेकोले हामीले धिमको सुरुवात गरेका हौ ।’ संघका अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘धिममा हामी तामाङ संस्कृति झल्काउने गरि सजावट पनि गर्दैछौ । यसका लागि हामी दक्षिण कोरियामा रहेका सबै तामाङ दाजुभाइ दिदीबिहनीको सल्लाह सुझाबको अपेक्षा गर्दछौ ।’ उनले थपे ।
उद्घाटन कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ । नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा तथा सउल गुम्बाका लामा प्रमुख कुन्सङ दोर्जे लामाले बौद्ध पराम्परा अनुसार धार्मिक पुजापाठ गर्नेछन् । कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ लगाएत सम्पूर्ण नेपालीलाई उपस्थित भैदिन पनि आयोजकले अनुरोध गरेको छ ।
फोनिज कोरिया बाट साभार



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2RBBtAF

No comments:

Post a Comment

Pages