मिर्गौला तथा मुटु रोगीहरुलाइ निशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ,सासद जिप छिरिङ शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 3, 2018

मिर्गौला तथा मुटु रोगीहरुलाइ निशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ,सासद जिप छिरिङ शेर्पा

मिर्गौला तथा मुटु रोगीहरुलाइ निशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ,सासद जिप छिरिङ शेर्पा
प्रतिनिधि सभाका सदस्य जिप छिरिङ शेर्पाले राज्यले मुटु र मिर्गौला रोग जस्तो रोगहरुको निशुल्क उपचारको ब्यबस्था गर्नुपर्ने बताउनु भएको छ । लामो समयदेखी मिर्गौला तथा मुटु रोगले ग्रस्त ओखलढुंगा खिजिदेम्बा गाउपालिका सात निबासी याङ्जी शेर्पा र याङडि शेर्पाको उपचारका लागि कोष खडा गरि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ काठमाडौंको टुसालस्थित ज्योति पार्टी प्यालेसमा डि. एस. म्याक्स क्लब ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बिरामीहरुको उपचारमा राज्यको ध्यान जान आवश्यक रहेको तर्क गर्नुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा कलाकारहरु सहभागीता रहेको कार्यक्रममा खेलकुद , पत्रकारिता, कलाकारिता तथा राज्नैतिक क्षेत्रका अग्रज तथा बिशिस्ट व्यक्तिहरुलाइ सम्मान पनि गरिएको थियो। कार्यक्रममा सहभागी विभिन्न ब्यक्तिहरुले रोगिका निमित्त नगद सहयोग समेत गरेका छन् ।



from Sherpa media Group Nepal https://ift.tt/2DkGwCw

No comments:

Post a Comment

Pages