रामेछापको उत्तरी क्षेत्रमा समृद्धि बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा तथा बार्षिक उत्सव सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 3, 2018

रामेछापको उत्तरी क्षेत्रमा समृद्धि बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा तथा बार्षिक उत्सव सम्पन्न

रामेछाप,कात्तिक १७ । सहकारी जगतमा हाल रामेछापको माथिल्लो भेगमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री समृद्धि बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा तथा बार्षिक उत्सव अाज उमाकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारको प्रमुख अतिथित्वमा एक कार्यक्रम मार्फत सम्पन्न गरिएको छ । केही बर्ष अगाडि हिमगांग बचत तथा ऋण सहकारी संस्था र समृद्धि कृषि सहकारी संस्था एकीकरण पश्चात् भएको यो दोस्रो बार्षिक साधारणसभामा उमाकुण्ड गाउँपालिकाको प्रशासकीय अधिकृत ,वडा नं. २ का अध्यक्ष खम्बाध्वज बस्नेत,वडा सदस्य अाङ दोर्जी शेर्पा ,शिक्षा प्रमुख ङावा शेर्पा ,स्वस्थ्य प्रमुख लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरूको उपस्थिति थियोे ।

साधारणसभामा अध्यक्षको भाबी कार्ययोजना ,सचिवको प्रगति प्रतिवेदन ,कोषाध्यक्षको अार्थिक प्रतिवेदन लगायत विविध बिषयमा छलफल गरि पारित गरिएको थियो । लगभग १४०० सेयर सदस्य रहेको यस सहकारी संस्थामा ६५३७८ कित्ता शेयर बिक्री गरि कुल ६५,३७,८००।- रकम संस्थामा दायित्व सिर्जना भएको देखिन्छ भने बचत संकलन तर्फ कुल निक्षेप रू ७,८५,९०,५१३।९२ रहेको देखिन्छ । संस्थाको ऋण लगानी तर्फ कुल ७,८५,९०,५१३।९२ ऋण लगानी गरेको छ भने भौतिक पुर्वधार रू ६,४३,४२३।९७ बराबरको रहेको छ । त्यस्तै विभिन्न संघ संस्थामा सेयर लगानी रू ४,४८,२३९।६६ र रेमिटेन्सबाट रू २,९२,०८०।०७ कमिशन भएको देखिन्छ । यस बर्षको अन्त्यमा नगद मौज्दात रू ८,९७,५२७।- र पाँचवाट बैंकमा कुल १,२५,९३,३५३।१२ मौज्दात रहेको देखिन्छ । यस बर्षको खुद बचत रू २०,११,४०८।५९ भएको र जगेडा कोषमा रू १०,९४,५९८।५४ अन्य कोषमा रू १७,२५,८०८।७० गरि कुल रू २८,२०,४०७।२४ रहेको देखिन्छ । यश बर्ष शेयर लाभांश प्रति कित्ता रू १५ का दरले वितरण गर्ने निर्णय गरेको छ । कार्यक्रम उपस्थित हुनेहरूलाई खाजा भत्ता बापत रू १५० पनि वितरण गरिएको थियोे ।



from Sherpa media Group Nepal https://ift.tt/2yPnuAh

No comments:

Post a Comment

Pages