मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडाैं । चर्चित मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकाे अाज निधन भएकाे छ । काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे हाे । ७७ वर्षीय तुलाधर केही दिनयता अस्पतालमा भर्ना भएका थिए ।

उनी मस्तिष्क स्नायु सम्बन्धी राेगबाट ग्रसित थिए । सुरूमा उनलार्इ माइतीघरस्थित अन्नपूर्ण न्यूराे अस्पतालमा भर्ना गरिएकाे थियाे । पछि उनकाे स्वास्थ्यमा सुधार नभएपछि नर्भिकमा सारिएकाे थियाे । उनी उत्पीडितहरूकाे अान्दाेलनका अगुवा समेत हुन् । पछिल्लाे समय उनी अादिवासी जनजाति राष्ट्रिय अान्दाेलन नेपालका प्रमुख थिए ।

मुलुकमा जातीय, लैंगिक वर्गीय विभेदन कायम नै राखिएकाे उनी बताउँदै अाएका थिए । उनकाे निधनले अादिवासी अान्दाेलनमा ठूलाे धक्का लागेकाे छ । तुलाधरकाे उपचारकै क्रममा निधन भएकाे पत्रकार श्रीकृष्ण महर्जनले उल्लेख गरेका छन् ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2Dm8hdA

No comments:

Post a Comment

Pages