Untitled - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 21, 2018

Untitled

Share 0

रामेछाप संवाददाता ५ कार्तिक २०७५

ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं. ८ ,भुसिङ्ग दुपीसुकेमा पिता दोमे शेर्पा र माता जाङ्मु शेर्पाको कोखबाट जन्म लिएको आङ दामु शेर्पा सेलो नादिङ गीत संगीतिक क्षेत्रमा अगाडि बढ्दैछ । आफ्नो गाउँ पाखाको शब्दलाई समेट्न सक्ने क्षमता भएकी गायिका आङ दामु शेर्पाले आफ्नै शब्द,लय र स्वरमा ओखलढुंगा हिमाली गाउँ र उभो उभो हिमालमा म जादा भन्ने बोलको दुईवटा सेलो नादिङ्ग गीतहरू रेकर्डिङ गरि सेलो म्युजिक प्रोडाक्सन मार्फत बजारमा ल्याएकी छिन् । जसमा प्रायस दोङ र रोमन तामाङले स्वरमा साथ दिएको छन। त्यस्तै आङ दामु शेर्पाको शब्दमा जीवन बम्जानको स्वर र जोक लाल लामाको लयमा ढुम्जी मेला भन्ने बोलको नादिङ्ग सेलो गीत पनि बजारमा ल्याउने तयारीमा रहेको शेर्पाले बताउनुभएकी थिइन । सानै उमेर देखि गीतहरू गाउने रूचि भएको र अरूले गाएको गीतहरू सुन्दा अचम्म लागेकी उनीले बताइन् तर पछि आफ्नै गाउँ पाखामा गुम्ने क्रममा विभिन्न स्थानको नाम र शब्दहरू टिपेर कविता शैलीमा लेख्ने र अन्त्यमा गीतको रूपमा ढाल्ने गरेको उनीले बताइन् । अन्य कलाकारहरूको भन्दा उनीको कथा व्यथा पनि फरक छैन । गीत रेकर्डिङको लागि काठमाडौ छिरेकी शेर्पा पहिले सुरूमा गीत गाउँदा घरबाट बुबाआमाले खासै सहयोग नगरेको र कलाकारिता क्षेत्रलाई मन नपराउँने उनीले बताइन् तर अहिले अरूले पनि सहयोग गर्ने अपेक्षा राखेको उनीले बताइन् । संगीत कक्षा सिक्ने अवसर नपाउदा र बिरामी हुदा स्वरले साथ नदिदा कहिलेकाही गीत रेकर्डमा समस्य आउने उनी भन्छिन् । अब निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागिरहने पनि शेर्पाले बताइन् ।



from Sherpa media Group Nepal https://ift.tt/2S5t4X7

No comments:

Post a Comment

Pages