सोमफुरी शेर्पाको नेतृत्वमा नेफेसो पोर्तुगलको नयाँ कार्यसमिति चयन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 22, 2018

सोमफुरी शेर्पाको नेतृत्वमा नेफेसो पोर्तुगलको नयाँ कार्यसमिति चयन

अक्टोबर २२, लिस्बोनः नेपाली संघीय समाज पोर्तुगलको अध्यक्षमा सोमफुरी शेर्पा निविरोध निर्वाचित भएका छन । २१ अक्टोबरमा पोर्तुगलको राजधानी लिस्बोनमा आयोजित नेफेसो पोर्तुगलको तेश्रो अधिवेशनले शेर्पाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाली संघीय समाज पोर्तुुगलका अध्यक्ष गणेश बहादुर लिम्बुको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पुर्व मन्त्री अशोक कुमार राई, विशेष अतिथिहरुमा सघीय समाजवादी महिला फोरमका ईन्चार्ज शुसिला श्रेष्ठ, नेपाली संघीय समाज पोर्तुगलका सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य पेम्बा शेर्पा, एनआरएन आईसीसी सदस्य नरेन्द्र हमाल, एनआरएन पोर्तुगलका अध्यक्ष कुवेर कार्की, जनजाति महासंघ पोर्तुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नारी समाज पोर्तुगलका अध्यक्ष सीता बराल रहेका थिए

त्यसै गरी कार्यक्रमका अतिथिहरुमा जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, जनप्रगतिशिल मञ्च पोर्तुगलका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी, अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलका संयोजक धनराज शेर्पा लगायत पोर्तुगलका अधिकांश जातीय र क्षेत्रीय समाज तथा संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । संघीय समाजवादी फोरम नेपाल निकट प्रवास संगठनको रुपमा स्थापित यस संस्थाको उक्त अधिवेशनबाट नयाँ कार्यसमितिका लागि निर्वाचित हुनेहरुमा अध्यक्ष सोमफुरी शेर्पा, सह–अध्यक्ष कुमार योञ्जन तामाङ, उपाध्यक्षहरुमा लाईन्द्र राई, प्रशान्त गुरुङ, बुना राई, रविन्द्र चौधरी, पेम्बा गेलु शेर्पा र महासचिवमा राजु लामा तामाङ निर्वाचित भएका छन । त्यसैगरी प्रवक्तमा गंगा नेमाकुल, सचिवमा रिञ्जी लामा शेर्पा, कर्ण पुन मगर र फुर्व थोकर तामाङ, कोषाध्यक्षमा दिनेश गुरुङ निर्वाचित भएका छन । सदस्यहरुमा सोनी शेर्पा, राजेश्वर महत्व, सविना मनाङठेङ, युगल किशोर झा, सागर लामा, विपिन कुमार यादव, पुष्पा गुरुङ र आस्मा तामाङ रहेका छन । निर्वाचित नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता अशोक कुमार राईले सपथ ग्रहण गराउनुका साथै खाता लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका छन भने पार्टीको अस्थालाई आत्मसात गर्ने एक दर्जन भन्दा बढी कार्यकर्तालाई पार्टीमा प्रवेश गराउदै खाता लगाएर स्वागत गरेका थिए ।

तस्वीर सुमन वाईवा ।



from Sherpa media Group Nepal https://ift.tt/2PdHPss

No comments:

Post a Comment

Pages