मानवअधिकारको दुरुपयोग बढ्दै गएकाले रोकथाम गर्न विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 23, 2018

मानवअधिकारको दुरुपयोग बढ्दै गएकाले रोकथाम गर्न विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह

मानव अधिकारको दुरुपयोग बढ्दै गएकाले रोकथामका लागि सकारात्मक पहल आवश्यकता रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले औँल्याउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मानवअधिकारको रक्षार्थ विश्व समुदाय एक हुनुपर्ने बताउनुभयो । उहाँले गरिबी कम हुँदै गएपनि असमानता बढीरहेको, जलवायु परिवर्तन, बढ्दो हत्या हिंसा, मानवअधिकार उलङ्घन, आणविक शक्तिको दुरुपयोग लगायतले विश्वको स्वरुप नै धमिल्याउने भन्दै तिनको रोकथाम र शान्ति स्थापनार्थ सबैले आफ्नो स्थानबाट सकेजति योगदान दिन गुटरेजले आग्रह गर्नुभएको छ ।

यसैबीच आज नेपाल लगायत विश्वभर संयुक्त राष्ट्रसंघको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९४५ को अक्टोबर २४ का दिन संयुक्त राष्ट्रसंघको घोषणा पत्र कार्यान्वयनमा आएसँगै राष्ट्रसंघको औपचारिक सुरुवात भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको अक्टोबर २४ लाई संयुक्त राष्ट्रसंघ दिवसको रूपमा मनाउँदै आएको छ ।
सन् १९४८ देखि राष्ट्रसंघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघमा अहिले एक सय ९३ सदस्य राष्ट्र छन् । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न लक्षित क्षेत्र र विषयमा कार्य गर्नका लागि विशिष्ट निकायहरु छन् । हालसम्म तिनीहरुले खाधान्न र कृषिका लागि विश्व खाद्यान्न तथा कृषि अन्तर्राष्ट्रिय आणवीक उर्जा संस्था, बालवालिका र महिलाका विषयमा काम गर्छन् ।
श्रोत इकान्तिपुर



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2O0UYjZ

No comments:

Post a Comment

Pages