सगरमाथा चढ्दै एकल महिला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 24, 2018

सगरमाथा चढ्दै एकल महिला

काठमाडौं : सगरमाथा आरोहणको इच्छा पुरा नहुँदै मृत्यु भएका पतिको सपना पूरा गर्न दुई जना एकल महिलाले यो वर्ष सगरमाथा चढ्ने योजना बनाएका छन्। सगरमाथाको चुचुरोमा पुग्ने इच्छा राखे पनि आरोहणका क्रममा मृत्यु भएका सोलुखुम्बुका मिङमार र छिरिङ ओङच्यु शेर्पाकी श्रीमतीले यो वर्ष आरोहणको योजना बनाएका हुन्।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङका छिरिङ ओङच्युकी पत्नी ङिमाडोमा शेर्पा र सोही ठाउँ दिङबुचेकी मिङमार शेर्पाकी पत्नी फुरदिकी शेर्पाले आगामी जेठ महिनामा सगरमाथा आरोहण गर्ने तयारी थालेका छन्। ‘ श्रीमान्को चुचुरो पुग्ने इच्छा पुरा भएन, त्यो पूरा गर्छु। एकल महिलाले भोग्नु पर्ने निरासा अब साहसमा बदल्न आरोहण गर्ने निर्णय लिएकी हुँ’, ङिमाडोमाले भनिन्, ‘परिवारले १७ वर्षमै विवाह गरिदिए। म किशोरावस्थामै आमा बनें। चार वर्षअघि श्रीमान् गुमाएँ। त्यो पीडा भुल्न पनि आरोहण जान्छु।’

३० वर्षकी उनका चार वर्षीया छोरी र ६ वर्षका छोरा छन्। पतिको मृत्युपछि पलपलमा निरासा छाएको उनको अनुभव छ। पीडा भुल्न मात्र नभएर एकल महिलाले पनि साहसिक क्षमता राख्छन् भन्ने उदाहारण दिन आरोहण गर्ने योजना बनाएको हुँ उनले भनिन्।

ङिमाडोमाले झैं खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङबुचेकी फुरदिकी शेर्पाले पनि खुम्बु आइसफलमा बाटो बनाउने क्रममा क्राम्पसमा परेर पति गुमाइन्। सोही कारण मिङमार शेर्पाको पनि चुचुरो पुग्ने इच्छा पुरा भएन। किशोरी छँदै जीवन साथी गुमाउनुको पीडा भुल्न साहसका साथ फुरदिकीले पनि आउने वशन्त ऋतुमा सगरमाथा आरोहण गर्ने योजना बनाएकी छन्। ‘टु वीडुस एभरेष्ट एक्पीडिसन २०१९’ नामबाट २०७६ मा एकल महिलाको यो जोडीले साहसिक लक्ष्य लिएको हो।

माउण्टेन गाइड तालिम लिइ सकेको र कात्तिकमा लवुचे र आइलम हिमाल आरोहणको मिति तय गरिसकेको फुरदिकीले बताइन्। ङिमाडोमाका पति छिरिङ ओङच्यु शेर्पा २०७१ वैशाख ५ मा सगरमाथा आधार शिविरमा हिमपहिरोमा परी मृत्यु भएको थियो। फुरदिकीको पति मिङमार आरोहीका लागि खुम्बु आइसफलमा बाटो बनाउने क्रममा क्रेभासमा खसेर मृत्यु भएको थियो।

पतिको निधनपछि आफूले संघर्ष गरेरै ३ छोरी हुर्काएको स्मरण गर्दै फुरदिकीले पतिको चाहना पूरा गर्नकै लागि आरोहणमा जान लागेको सुनाइन्। ‘एकल महिला पनि साहसिक काम गर्न सक्छन् भन्ने उदाहारण दिन चाहन्छु’, फुरदिकीले भनिन्, ‘पतिले सगरमाथाको चुचुरो पुग्ने इच्छा गरेका थिए। तर पूरा हुन सकेन। धेरै एकल महिला निरासामै जीवन बिताउने गर्छन्।’

एक तथ्यांक अनुसार आरोहीका चार दर्जन भन्दा बढी पत्नी एकल छन्। ‘डेथ जोन हो, तर हार खान्न, चुचुरो पुगेरै छाड्छु’, फुरदिकीले भनिन्।
-annapurna post



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qahYDC

No comments:

Post a Comment

Pages