आन्तरिक पर्यटकको गन्तब्य मुस्ताङ, एकैदिनमा भित्रिए चार हजार पर्यटक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 24, 2018

आन्तरिक पर्यटकको गन्तब्य मुस्ताङ, एकैदिनमा भित्रिए चार हजार पर्यटक

पोखरा, कार्तिक ८ । दसैं बिदाको सदुपयोग गर्दै यस बर्ष हिमालपारिको जिल्ला मुस्ताङ गुम्न जाने आन्तरिक पर्यटकको सन्ख्यामा बृदि भएको छ । प्रयाजसो बिदेशी पर्यटकको गन्तब्य बन्दै आएको मुस्ताङ पछील्लो समय आन्तरिक पर्यतकको गन्तब्य बन्न थालेको छ । यसबाट मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेको आजको नागरिक दैनकिमा समाचार छ ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ। मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए। गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए। आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनका अनुसार यस पटक आन्तरिक पाहुना बढेकाले मुस्ताङमा बेग्लै चहलपहल भयो। ‘पछिल्लो तीन वर्षदेख आन्तरिक पाहुना आउन थालेका हुन्। तर यस पटक त अपेक्षाभन्दा निकै बढी पाहुना आए,’ उनले भने, ‘होटलमा बास नपाएर धेरै पर्यटकले दुःख पाउनुप-यो।’ अग्रिम बुकिङ नगरेका पाहुनाले त होटलमा कोठा नै नपाएको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत तुलसी दाहालले विगत केही वर्षदेखि दसैं–तिहारको लामो बिदामा आन्तरिक पर्यटकले मुस्ताङलाई मुख्य गन्तव्य बनाएको बताउँछन। उनका अनुसार पछिल्लो तीनवर्षदेखि आन्तरिक पाहुनाले बढीमात्रामा मुस्ताङलाई रोज्न थालेका छन्। ‘जब मोटरबाटो सहज भयो, त्यसपछि आन्तरिक पाहुनाले मुस्ताङ रोज्न थालेका हुन्,’ उनले भने, ‘मोटरबाटो खुलेको लामो समय भएपछि पछिल्लो समय सडक सहज बन्दै गएको छ। त्यसले आवागमलाई सजिलो बनाएको छ।’ उनका अनुुसार मुस्ताङ केही वर्षअघिसम्म विदेशी पर्यटकमा मात्र निर्भर थियो। अहिले भने आन्तरिक पर्यटकले पनि मुस्ताङलाई रोज्न थालेका छन्। ‘सिजनका बेला त बास पाउन पनि मुस्किल हुन्छ,’ दाहालले भने, ‘चाडबाडको बिदाले अझ बढी आकर्षण थपेको छ। स्थलमार्ग सहज नहुँदाको अवस्थासम्म हुनेखानेको मात्र मुस्ताङ पहुँचमा थियो। अहिले भने कम खर्च गर्ने क्षमताका आन्तरिक पर्यटकले पनि मुख्य गन्तव्य बनाउन थालेका छन् । त्यसको समग्रमा फाइदा मुस्ताङलाई पुगेको छ।’

पोखराका पर्यटन व्यावसायी पनि पछिल्लो समय आन्तरिक पर्यटकले नयाँ गन्तव्यलाई रोजाइमा पार्न थालेको बताएका छन्। उनीहरुका अनुसार छोटो बिदामा घुमघाम गर्ने पोखरा, लुम्बिनी, सौराहा जस्ता नजिकका गन्तव्य भन्दा अहिले टाढाका गन्तव्य पहिलो प्राथमिकतामा पर्न थालेका छन्। पोखरा पर्यटन परिषद (पिटिसी)का महासचिव दिल गौतमका अनुुसार पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ, माथिल्लो भेग लोमान्थाङ, मनाङ, मनास्लु सहित रारा क्षेत्रमा अधिकमात्रामा आन्तरिक पर्यटक पुगेका छन्। ‘पोखरा, सौराहा, लुम्बिनी सहजका गन्तव्य हुन। यी क्षेत्रमा जहिले घुम्न आए पनि हुन्छ,’ उनले भने, ‘तर, हिमाली जिल्लामा जाउआउका लागि बढी समय लाग्ने हुँदा दसैं–तिहारको बिदालाई धेरैले सदुपयोग गर्न थालेका छन्।’
श्रोत नागरिक न्युज



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qamUbF

No comments:

Post a Comment

Pages