ट्रेकिङ जादा अनिवार्य टिम्स कार्ड एजेन्सी मार्फत गाइड र सहयोगी लैजाने व्यवस्था गर्न टानको माग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 23, 2018

ट्रेकिङ जादा अनिवार्य टिम्स कार्ड एजेन्सी मार्फत गाइड र सहयोगी लैजाने व्यवस्था गर्न टानको माग

काठमाडौं, कात्तिक ६ । लाङटाङ र खुम्बु क्षेत्रमा पदयात्रा सुचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन नभएको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

टिम्स कार्यान्वयन नहुदा राज्यले करोडौ राजस्व गुमाउनुुका साथै विदेशी पर्यटकहरु समेत आफु खुसी पदयात्रामा जाने क्रम बढेको व्यवसायीहरुले बताएका छन् । जसले गर्दा राज्यलाई कर तिर्ने एजेन्सीहरुको व्यापार घट्नुका साथै तालिम प्राप्त गाईड, अन्य कामदारले काम पाउन छोडेको र पर्यटक हराउने सम्भावना समेत बढेको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए ।
नेपालमा आउने पर्यटकहरु अनिवार्य रुपमा एजेन्सी मार्फत गाईड र सहयोगी लिएर मात्र पदयात्रामा जानु पर्ने अनिवार्य व्यवस्था गर्न टानले माग गरेको छ । जसले राज्यलाई राजस्व पनि बढ्ने र रोजगारीको अवसरहरु समेत सृजना हुने हुँदा यसलाई तत्काल कार्यान्वयनमा लैजान जरुरी रहेको महासचिव शेर्पाले बताए ।
यो व्यवस्था लागु गर्न सरकारलाई विगत देखि नै घचघच्याउदै आएपनि कुनै चासो नदेखाएको र अव पनि व्यवसायीको माग सुनुवाई नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि महासचिब शेर्पाले जानकारी दिए ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2JbUSFo

No comments:

Post a Comment

Pages