शेर्पाहरूले विभिन्न देशमा पहिलो विश्व शेर्पा दिवस मनाउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 7, 2018

शेर्पाहरूले विभिन्न देशमा पहिलो विश्व शेर्पा दिवस मनाउँदै

कर्मारिञ्जी शेर्पा,काठमाडौ ,२२ असोज( शे.स.स.ने) -“शेर्पा समाजभित्रको बिकृतिलाई हटाऔ मौलिक संस्कृतिको जर्गेना गरौ ।” भन्ने नारा सहित विश्व शेर्पा सम्मेलन भएको एक बर्ष पुगेको अवसरमा अाज विभिन्न कार्यक्रम गर्दै नेपाल लगायत विभिन्न देशमा शेर्पाहरूले विश्व शेर्पा दिवस मनाउँदै छन । गत बर्ष २०७४ असोज २२ का दिन लाजिम्पाट स्थित होटल र्यडिसनमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख अतिथ्यतामा २१ वटा देशका शेर्पा संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा प्रथम विश्व शेर्पा सम्मेलन आयोजना गरिएको थियोे ।

विश्वमा छरिएर रहेका शेर्पा समुदायको भाषा कला, संस्कार, संस्कृतिको संरक्षण, एकरुपता र विकासका गरि शेर्पा समुदायको विकृतिलाई न्यूनीकरण गर्न उदेश्य राखेर पहिलो पटक चार दिन सम्म चालेको उक्त कार्यक्रमले प्रथम विश्व शेर्पा सम्मेलनको कार्यपत्र र विधान माथि छलफल गर्दै एडी लामा शेर्पा अध्यक्षमा ३१ कार्य  समिति सहित जम्वुलिङ शेर्पा छोक्पा, GLOBAL Sherpa गठन गरिएको थियोे ।
शिक्षा ,राजनीति ,धर्म ,मितव्ययिता,सञ्चार,लगानी ,पर्वतारोहण ,वातावरण ,महिला ,सशक्तीकरण ,युवा ,विद्यार्थी लगायत बिषयको कार्यपत्रमा छलफल गरि ११ बुदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको सम्मेलनले प्रत्येक बर्ष विश्व शेर्पा दिवस मनाउने निर्णय गरिएको छ ।

शेर्पा संस्कार संस्कृतिमा हुने विकृतिलाई एक्काइसौँ शताब्धी सुहाउँदो एक सभ्य, समुन्नत र सुसंस्कृत शेर्पा समाज निर्माण गर्नका लागि सामुहिक छलफल गरेर एक निर्देशिका तयार गरि तयार गरि विश्वमा छरिएर रहेका शेर्पा संघ संस्थाहरु मार्फत कार्यान्वयनमा लैजाने उद्धेश्यले जम्लिङ श्यार्वी छोक्पा, अमेरिका च्याप्टरले अाज शेर्पा किदुग अमेरिकाको सभाकक्षमा एक कार्यक्रम गर्दैछ ।
विश्व शेर्पा दिवसको अवसरमा शेर्पा सोसाइटी पोर्तुगलले पनि शुभकामना तथा भेटघाट कार्यक्रममा आयोजना गरिएको छ । त्यस्तै बेल्जियम ,दुबई,मलेसियामा पनि विश्व शेर्पा दिवस मनाउने तयारी रहेको जानकारी प्राप्त भएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2pEiysU

No comments:

Post a Comment

Pages