तिहार अगावै फूल फुलेपछि कृषक मारमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 20, 2018

तिहार अगावै फूल फुलेपछि कृषक मारमा

काठमाडौं, असोज ४ । तिहार अगावै फुल फुलेपछि फुल खेती गर्दै आएका कृषक मारमा परेका छन् ।

राजधानीसहित व्यवसायिक रुपमा फुलको खेती गर्दै आएका कृषकहरु यसबर्ष तिहार पर्व नै पछि परेकाले व्यवसायमा नोक्सानी बढ्ने बताउँछन् । तिहारलाई लक्षित गरी फुल उत्पादन गर्दै आएका अधिकांश पुष्प उद्योगहरुमा यतिबेला ढकमक्क फुल फुलिसकेका छन् । तर बजारमा त्यसको माग सुरु भईसकेको छैन ।

धादिङका व्यवसायीहरुले उत्पादन भएका फुल केही बजारमा पठाएपनि अधिकांश बोटमै खेर जाने अवस्थामा रहेको जनाएका छन् । मलमासका कारण यो वर्ष कार्तिकको अन्तिम साता मात्र तिहार परेपछि व्यवसायीहरु मारमा परेका हुन् ।

तिहारको समय मात्र नेपालमा अघिल्लो बर्ष करिब १ करोड रुपैयाँ बराबरको ३ लाख सयपत्री फुलको माला आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । बोटमै उत्पादन खेर जाने भएपछि यस बर्षपनि सयपत्री फुलका लागि भारतको भर पर्नु पर्ने बाध्यता देखिएको छ ।

तिहारको समयमा नेपालमा १० लाख बढी माला आवश्यक पर्छ । यो दर हरेक बर्ष १५ प्रतिशतले बढ्ने एसोसिएसनको तथ्याङ्कले देखाएको छ ।
श्रोत इकान्तिपुर



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2NRH5Ek

No comments:

Post a Comment

Pages