शिक्षामन्त्रीको प्रस्तावः प्राविधिक शिक्षामा जोड दिनु पर्छ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 20, 2018

शिक्षामन्त्रीको प्रस्तावः प्राविधिक शिक्षामा जोड दिनु पर्छ

महोत्तरी, असोज ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले प्राविधिक शिक्षामा जोड दिन शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताएका छन् । उनले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको उनको अाशय थियो । अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले भने, शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्छ, न की पुरानो ढंगको शिक्षक ।’ पुरानो शिक्षा पद्धति पनि भत्काउनुपर्ने भन्दै उनले नया पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राखे ।

‘एउटा मास्टरले मात्रै पढाएर हुँदैन घरले समेत ध्यान दिनुपर्छ,’ उनले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकांै, शिक्षक उत्पादन धेरै भयो, अब प्राविधिक शिक्षामा जोड दिऔं ।’

७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको बताए ।

‘अहिले यसलाइ केही समयको लागि बन्द गरौं । २५४ विधालयमा प्राविधिक शिक्षा सुरु भैसकेको छ । श्रमलाई सीपसग जोडौं, सिपलाई उत्पादन , उत्पादनलाई समृद्धिसाग जोडौं’ उनले भने ।

हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिदा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
श्रोत अनलाइनखबर



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2yrLMzX

No comments:

Post a Comment

Pages