भारतको पञ्जाब अमृतसरमा रेलले किच्दा ७० जनाको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 21, 2018

भारतको पञ्जाब अमृतसरमा रेलले किच्दा ७० जनाको मृत्यु

शुक्रबार सा“झ करिब साढे ६ बजे भएको बटनामा परी ७० जनाको मृत्यु भएको छ भने घटनामा १४२ जना घाइते भएको भारतीय सञ्चार माध्ययमले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगी उतm घटना भएको जनाएको छ । स्थानीय अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमने सामने हु“दा स्थानीय दुई रेलको बीचमा परेका थिए । हावडा छुटेको रेलको रफ्तार ८५–९० किलोमिटर प्रतिघन्टा भएको यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ । मृत्यु हुनेहरुमा बुढाबुढी, महिला तथा बालबालिका बढी छन । अमृतसार प्रहरीका आयुक्त एसएस श्रीवास्तवका अनुसार रावणको पुत्ला जलाइएको ठाउ“ सानो भएका कारण धेरै मानिसहरूलाई बस्ने व्यवस्था थिएन । कोही लिक छेउछाउ थिए, कोही लिकमै भएकाले पनि पनि धेरैको ज्यान गएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

The post भारतको पञ्जाब अमृतसरमा रेलले किच्दा ७० जनाको मृत्यु appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2NT82I3

No comments:

Post a Comment

Pages