जनजाती युवा महासंघको नेतृत्व विकास तालिम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 12, 2018

जनजाती युवा महासंघको नेतृत्व विकास तालिम सम्पन्न

पोखरा, असोज २६ । पहिचान र अधिकारको लागि सम्पुर्ण आदिवासी जनजाति युवाहरु एक हौऔ भन्ने नाराका साथ आदिवासी जनजाती युवा महासंघ नेपालले एक दिवसीय प्रशिक्षण तालिमको आयोजना गरेको छ ।
एसियाका आदिवासीहरुको संस्था (एआइपिपि)को आर्थिक सहयोगमा युवा महासंघ नेपालले इटहरी र पोखरामा यो तालिम आयोजना गरेको हो । एआइपिपि एसियाका आदिवासीहरुको हकहित सुनिश्चित गराउन लागि परेको संस्था हो ।
संघसगँ आवद्ध रहेका एकल जातिय सस्था र प्रदेश न ४ अन्तरगत भातृसस्थाहरुलाई यो तालिम दिएको थियो ।
युवाहरुमा व्याक्तित्व विकास गर्न यो तालिम आयोजना गरेको अध्यक्ष घन मान सिंह गुरुङ (जिएस) ले जानकारी दिनुभयो उहाँका अनुसार युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउने प्रयासमा युवा महासंघ लागि परेको जानकारी दिनुभयो । राज्य नयां संरचनामा गइ रहेको अवस्थामा सरकारी तहसम्म युवाहरुको आवाजलाई कसरी पु¥याउन सकिन्छ भन्ने वियषलाइ प्रथामिकतामा राखी कार्यक्रम आयोजना गरेको महासचिव हेमन्त राइले जानकारी दिनु भयो ।
प्रस्ताव पत्र (प्रपोजल) लेखन सम्बन्धी कलम साम्पाङ, युएनको विभिन्न विषयमा संयुक्त राष्ट्रसंघ आदिवासी जनजाती स्थायी मञ्चका उपाध्यक्ष प्रतिनिधि फुलमान चौधरी र नेतृत्व विकास सम्बन्धी निर्वतमान अध्यक्ष ज्ञानेन्द्र पुन मगरले प्रशिक्षण दिनु भएको थियो । भने कार्यक्रमको व्यावस्थापन कास्की जिल्ला युवा महासंघले गरेको थियो ।
एक दिने नेतृत्व विकास तालिम लिन तनहु, लम्जुङ, बाग्लुङ, गोर्खा, म्याग्दी,पर्वत, स्याङ्जा, नवलपरासी, रुपन्देही, मुस्ताङ मनाङ जिल्ला र मगर, गुरुङ, छन्त्याल,कुमाल, नेवार, भुजेल भोटे एकल जातीय संस्थाबाट सहभागीता जनाएका थिए ।
तालिमलाई सफल पार्न आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष जिएस गुरुङ, महिला उपाध्यक्ष डोमा शेर्पा र महासचिव हेमन्त राइ सहभागी भएका थिए ।

 



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2pPpfbC

No comments:

Post a Comment

Pages