रामेछापको नव गायक कुसाङ सोनाम शेर्पाको तुईन म्युजिक भिडियो सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 12, 2018

रामेछापको नव गायक कुसाङ सोनाम शेर्पाको तुईन म्युजिक भिडियो सार्वजनिक

 

,काठमाड,असोज २६ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-१, क्यामा जन्मेको नव गायक कुसाङ सोनाम शेर्पाको आवाजमा रहेको तुईन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाट मर्मस्पर्शी आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गाउँमा अझै तुईनबाट जोखिम पूर्ण यात्रा गर्न बाध्यता रहेको र गाउँमा अौषाध उपचार तथा खाना नपाएको सबै जना सहर केन्द्रित भएको कारण गाउँको समस्यहरूमा कसैको ध्यान नगएको कुरालाई आफ्नो गीतमा व्यक्त गरेको छन । त्यसैले तुईनको विकल्प खोजौ तुईन विस्थापित गरौ भन्ने भावको दृश्यलाई म्युजिक भिडियोमा मार्मिक रूपमा उतारिएको छ ।

स्टिमा स्टुडियो मार्फत बजारमा आएको म्युजिक भिडियोमा पेम्बा शेर्पा ,बोम्बे शेर्पा लगायत अन्य कलाकारहरूले जीवन्त अभियान गरेको छन् । भबेश भुमरी शब्द रचना रहेको गीतलाई टिक भण्डारीले मर्मस्पर्शी संगीत भरेका छन् । एरेञ्ज सज सिङ अधिकारी रहेको छ भने म्युजिक भिडियोको छायांकन ….ले गरेको छन् । भिडियो निर्देशक संमान अधिकारीले गरेका छन् ।

कुसाङ सोनाम शेर्पा यो पहिलो गीत रहेको र अब दशै लगत्तै अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको बताउनु भयो।https://ift.tt/2OSsw8i



from Sherpa media Group Nepal https://ift.tt/2NHYbEY

No comments:

Post a Comment

Pages