ओखलढुंगा जिल्लाकै एकमात्र विमानस्थल उडान नहुदा चाडवाडमा यात्रुलाई सास्ती - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 12, 2018

ओखलढुंगा जिल्लाकै एकमात्र विमानस्थल उडान नहुदा चाडवाडमा यात्रुलाई सास्ती

दावा जाङ्बु शेर्पा (खिजीदेम्बा)

प्रदेश न.-१ ओखलढुंगा सिद्धिचरण नगरपलिका ४ मा पर्ने उक्त विमानस्थलको उडान नियमित गर्ने वर्तमान मेयर मोहन खर्कको मुख्य कर्यसुची थियो रुम्जाटर कै प्रदेश सभाका संसद अम्बिर बाबु गुरुङले पनि मुख्य चुनावी एजेन्डा बनाएका थिए तर चुनाव पछी कसैले चासो नदिदा उडान सुचारु हुन सकेको छैन ।
यात्रु अभावका कारण नेपाल वायुसेवा निगमले रोकेको उडान सुचारु गर्न निगम समक्ष नगरपलिकाले आग्रह गरेपनि सुनुवाइ भएको छैन संसदसहित निगमका प्रमुखसंग छलफल भएपनि उडान सुचारु नभएको शिदिचरण मेयर मोहन श्रेष्ठले बताउनुभयो उहाँले उडान सुचारु गर्न पहल भैरहेको बताउनुभयो अहिले रुम्जाटर विमानस्थल गुमगाम गर्ने सोलुखुम्बु र खोटाङमा उडान गर्दा समस्य आए ल्यान्ड गर्ने स्थाल मात्रै बनेको छ विमानस्थल कालोपत्रे गरेको भए पनि दुई बर्ष पहिले देखि उडान अबरुद्ध छ ।

यो विमानस्थलमा पुर्वी पहाडमा हवाई इन्धन केन्द्र बनाउन समेत उपयुक्त भएको बिज्ञहरु बताउछन । वायुसेवा निगमको बेवास्ताका करण चल्न नसकेको हो चाडवाडको समयमा सवारीसाधन रिर्जव गरेर ओखलढुंगा अउनु पर्ने सर्वसाधारणलाई रुम्जाटरमा उडान भए जिल्ला आवातहावात गर्न सजिलो हुने थियो । रुम्जाटरमा उडान नहुदा यात्रुले सास्ती बोक्नु परेको स्थानिय बताउछन । अस्पतालबाट रिफर गरिएका बिरामी हेलिकप्टर चर्टर गर्न बाध्य छन् जिल्लाको समस्या समाधान गर्न वायुसेवा निगम र मन्त्रलयसंग कुरा भइरहेको संसद यज्ञराज सुनुवारले बताउनुभयो ।
स्थानीय विमानस्थल सञ्चालन गराउन माग गरेपनि बिभिन्न बाहानामा निगमले उडान सुरु गरेको छैन जिल्लाको पुर्वी क्षेत्रमा सेवा दिने विमानस्थल बन्द छ भने पश्चिमी क्षेत्रका लागि खिजीदेम्बा गाउँपलिकामा निर्माणधिन विमानस्थल अाधा काम नहुुदै अलपत्र परेको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2RLX61R

No comments:

Post a Comment

Pages