पहिलो कफी प्रवर्द्धक दाबुटी शेर्पालाई दक्षिण कोरियामा सम्मान गर्दै । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 11, 2018

पहिलो कफी प्रवर्द्धक दाबुटी शेर्पालाई दक्षिण कोरियामा सम्मान गर्दै ।

 

शेर्पा सन्चार समुह नेपाल ,२६ असोज काठमाडौं  । हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकासमा हाम्रो पौरख भन्ने नारा पछ्याउँदै शेर्पा संघ दक्षिण कोरियाद्वारा यही अक्टोबर १३ को दिन बालाजी रेष्टुरेन्ट, थेगु,दक्षिण कोरियामा भेटघाट तथा सगरमाथा आरोही दापुटी शेर्पालाई सम्मान कार्यक्रम आयोजना गरिएको शेर्पा सघं दक्षिण कोरियाको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।

नपाली कफीलाई विश्व बजारमा प्रवर्द्धन गर्ने मुल उद्धेश्य लिएर गौरीशंकर गाउँपालिका सिबीगाउँमा जन्मिनु भएकी दाबुटी शेर्पाले गत बैशाख ३१ गते सगरमाथाको शिखरमा अन्य आरोहीहरूलाई सफलता पुर्ण रूपमा कफी बनाएर खुवाएकी थिइन् । यो नै सगरमाथामा कफी बनाउने पहिलो महिलाको रूपमा आफ्नो नाम राख्न सफल भएकी थिइन।

शेर्पा केही दिन अगाडि नेपाली कफिको मागलाई कोरियामा प्रर्वद्धन गर्न र कफीको थप व्यवसायी तालिमका लिन दक्षिण कोरिया पुगेकी छिन् । तालिम मात्र नभएर कफी क्षेत्रको अनुसन्धानका लागि पनि आफू कोरिया आएको उनीले बताइन् । नेपाली कफी प्रबर्द्धन साथसाथै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न आफू लागी परेको बताइन् । उनी कोरिया आएकै समयमा सम्मान कार्यक्रम भएकोले सम्पूर्ण कोरियामा भएको नेपालीहरूलाई कार्यक्रममा उपस्थित हुन दक्षिण कोरिया शेर्पा संघका अध्यक्ष पासाङ शेर्पाले आग्रह गर्नुभएको छ । शेर्पालाई दक्षिण कोरियामा रहेको अन्य नेपाली संघ संस्थाहरूले पनि सम्मान गर्ने कार्यक्रम राखेको जानकारी प्राप्त भएको छ ।

दक्षिण कोरियाबाट एक हाप्ते कफी तालिम सकिएर अक्टोबर २० तरिका नेपाल फर्किए पछि दापुटी शेर्पाले नेपालमा कफी व्यवसाय गर्न चाहना भएको व्यवसायीहरूलाई तालिम दिने बताउनुभयो । नेपाली कफीको प्रचारप्रसार गर्नका लागि कोरियाबाट फर्के पछि हाल सम्म पर्वतारोहण गर्न कठिन मानिने आमाडब्लङ हिमाल चढ्ने योजना बनाएको उहाले बताउनुभयो । उनी एकैपटक सगरमाथाको सफलता पुर्ण आरोहण गर्न सफल भएको थियोे।

शेर्पा संघ दक्षिण कोरियाको भावी कार्ययोजनाहरू
शेर्पा संघ दक्षिण कोरियालाई आर्थिक रूपमा बलियो बनाउन शेर्पा संघको लोगो अंङ्कित टिसर्ट प्रिन्ट गरि बिक्री वितरण गर्ने ,विभिन्न संघ संस्थासंग समन्वय गरि लोसार लगायत अन्य कार्यक्रम आयोजना गर्ने ,शेर्पा सामुदायिकहरूलाई कार्यक्रम व्यापक सहभागिता जनाउन लगाउने ,खेलकुद विभाग र संस्कृति विभाग बनाई भलिबल ,फुटबल र संस्कृति टिम बनाउने साथै हाल प्रशिक्षण गरिरहेका स्यब्रुक प्रशिक्षर्थीहरूलाई थप प्रोत्साहन कार्यक्रम गर्ने योजना रहेको शेर्पा दक्षिण कोरियाको अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2IR87Lh

No comments:

Post a Comment

Pages