भालुको आक्रमणवाट सोलुखुम्बुमा २ जना गम्भिर घाइते - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 13, 2018

भालुको आक्रमणवाट सोलुखुम्बुमा २ जना गम्भिर घाइते

२८ भाद्र २०७५/सोलुखुम्बु समाचार – भालुको आक्रमणमा परी सोलुदुधकुण्ड नगरपालिका ३ मा दुई जना गम्भिर घाइते भएकाछन् । बिहिबार मध्यान्न घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तामाखानी माठुङकी सानुमाया मगर र मनमाया मगर गम्भिर घाइते भएका हुन् ।

गम्भिर घाइते भएका सानुमाया र मनमाया दुवैको टाउको, तिघ्रा, घाँटी र ढाडमा चोट लागेको वडा अध्यक्ष गोपाल मगरले जानकारी दिए । उनका अनुसार सानुमायाको उमेर ४० रहेको छ भने मनकुमारी ४७ बर्षका छन् ।
घाइते दुवैको उपचार जिल्ला अस्पताल फाप्लुमा भईरहेको छ । जिल्लामा नै उपचार असम्भव भएपछि दुवैलाई थप उपचारका लागि काठमाण्डौ लाने प्रयास भएपनि मौसम खराबीका कारण सम्भव नभएको बताइएको छ ।

पाँच जनासँगै घाँस काट्न गएको भएपनि तीन जना भने भागेर बाँच्न सफल भएका छन् । सोलुखुम्बुको विभिन्न क्षेत्रमा बर्षेनी भालुको आक्रमणवाट मानिसले सास्ती खेप्नु परिरहेको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2CVwCYr

No comments:

Post a Comment

Pages