भीषण पहिरोमा परेर बाँच्न सफल शेर्पा दम्पती “अब कहाँ बस्ने के गरेर खाने केही थाहा छैन।” - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 13, 2018

भीषण पहिरोमा परेर बाँच्न सफल शेर्पा दम्पती “अब कहाँ बस्ने के गरेर खाने केही थाहा छैन।”

याङ्चेन शेर्पा र उनका श्रीमान् नुवाकोटको चेताङ गाउँमा गएको भीषण पहिरोमा परेर बाँच्न सफल भएका छन्। उद्धार गरेर विदुर ल्याइएकी याङ्चेन भन्छिन्, “अब कहाँ बस्ने के गरेर खाने केही थाहा छैन।”

यसै साता दुप्चेश्वर गाउँपालिका वडा नं. १ चेताङ गाउँको भीरमा गएको ठूलो पहिरोले कम्तिमा ११ घर पूर्ण रूपमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्। त्यस क्षेत्रका ३० भन्दा बढी परिवार विस्थापित हुन पुगेका छन्।

पहिरोका कारण घाइते भएकी याङचेन शेर्पा र उनका श्रीमान दोर्जेलाई नेपाली सेनाको “हेलिकोप्टरमा तल झुन्ड्याइएको बाकसमा राखेर” सदरमुकाम ल्याइएको अधिकारीहरूले बताएका छन्।
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका शेर्पा दम्पती अब आफ्नो भविष्यबारे चिन्तित भएका छन्। याङ्चेनले बीबीसीकी नुवाकोट संवाददाता शक्तिमाया तामाङसँगको कुराकानीमा आँसुको बलिन्द्र धारा बगाउँदै भनिन्, “हामी त मर्‍यौँ भन्ठानेको तर बाँच्यौँ। अब के हुने होला थाहा छैन।”

चेताङ गाउँ दुप्चेश्वर गाउँपालिका वडा नं. १ अर्थात् पहिलाको घ्याङ्फेदी गाविसको वडा नं. ९ मा पर्दछ। ठूला भीर र पाखा रहेको चेताङमा भारी वर्षापछि ठूलो पहिरो र माङ्गेन खोलामा बाढी आएको थियो। बाढीले तीन झोलुङ्गे पुल एक घट्ट र एक माइक्रो हाइड्रो अर्थात् सानो जलविद्युत आयोजनामा पनि क्षति पुर्‍याएको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बीबीसीलाई बताए।

प्रहरीका अनुसार त्यस क्षेत्रमा अझै पहिरो गइरहेको तर जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
बि बि सि नेपाली सेवा बाट साभर



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2OkAq6Z

No comments:

Post a Comment

Pages