नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 9, 2018

नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक आज ८/६/२०१८ का दिन संस्थाको अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा वर दुबई स्थित नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक डेरराज गुरुङ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान सहित सबै आवद्ध जातिय संस्थाहरुको प्रतिनिधिहरु उपस्थितमा सम्पन्न बैठकले २५६२ औ बुद्ध जयन्ति कार्यक्रमको समीक्षा र डा. महेन्द्र लावतीज्युसंग गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्दै, २४ औ अन्तरास्ट्रिय विश्व आदिवासी दिवस आगामी अगस्ट १० तारिख सदा झै भव्य रुपमा आयोजना गर्ने निर्णय समेत गर्दै उक्त कार्यक्रमको व्यवस्थापन लगायत आयोजनको जिम्मा नेपाल आदिवासी जनजाति महासंघ युएईको सचिवालयलाई दिएको छ ।

त्यसै गरि बैठकले युएईमा नेपाल आदिवासी जनजाति कलाकार संघ गठन गर्न नेपाल मगर संघ शाखा युएईका प्रतिनिधि भुवन थापमगरको संयोजकत्वमा तदर्थ समिती गठन गरेको छ भने लामो समय देखि प्रतिक्षारत रहेको नेपाल आदिवासी जनजाती प्रत्रकार महासंघ युएईको गठन प्रक्रिया समेत अघि बढाएको छ । दुईवटै भातृ संस्थाहरुको १० अगस्ट २०१८ मा हुने २३ औ अन्तरास्ट्रिय विश्व आदिवासी दिवस कार्यक्रममा घोषणा गरिने समेत निर्णय भएको छ । बैठकले महासंघको पुर्व अध्यक्ष तथा सल्लाहकार भुवन राइले युएईमा आफ्नो बसाईलाई पुर्ण विराम लगाइ नेपाल प्रस्थान गर्नु भै रिक्त हुन आएको सल्लाहकार पदमा नेवा पुच: युएईका पुर्व अध्यक्ष तथा नेफिन युएईकै पुर्व प्रवक्ता प्रमोद श्रेष्ठलाई सर्वसम्मतले मनोनीत समेत गरेको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2y0llUo

No comments:

Post a Comment

Pages