शेर्पा युवाहरूलार्इ सिकाइयाे उद्घोषण कला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 9, 2018

शेर्पा युवाहरूलार्इ सिकाइयाे उद्घोषण कला

धरान- प्रभावकारी वाकशक्ति उत्कृष्ट अभिव्यक्ति भन्ने मूल नाराकासाथ नेपाल शेर्पा संघ धरानको आयोजनामा दुईदिने उद्घोषण तालिम सम्पन्न भएकाेे छ । जेठ २५ र २६ गते होटेल ड्रिमल्याण्डमा तालिम गरिएकाे हाे । धरान उपमहानगरपालिकाको चालू आर्थिक वर्षको लक्षित बजेटअन्तर्गत उक्त कार्यक्रममा उपमहानगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत गणेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो

खतिवडाले यसअघि आदिवासी जनजाति महासंघलाई एकमुष्ट बजेट विनियोजन हुने गरेकोमा आगामी आर्थिक वर्षबाट कुन समुदायले कुन कार्यक्रम गर्ने हो ? त्यो अग्रिम उल्लेख गरेपछि मात्रै कार्यक्रम गर्न सकिने बताए ।

यस वर्षको बजेट कार्यान्वयनमा कमजोरी भएको स्विकार्दै वडागततर्फ बजेट छरिएकोले कम देखिएको जस्तो भएपनि वास्तविक बजेट बजेट बढेको उनले बताए। अब धरान उपमहानगरपालिकाले बजेट बनाउने तयारी भैरहेकोले आफ्नो समुदायलाई चाहिने अावश्यक कार्यक्रम तथा योजनालाई सम्बन्धित वडाबाट प्रवेश गराउन उनले आग्रह गरे ।

आदिवासी जनजातिलाई क्षमता बिकास मात्र नभर्इ आर्थिक क्षमताको पनि अावश्यक रहेकाेले साे अनुसारकाे प्रस्ताव ल्याउन उनले अाग्रह गरे । बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले धरान उपमहानगरपालिकाले आदिवासीको शहर भनेर चिनिने धरानमा आदिवासीलाई अावश्यक बजेट बिनियोजन नगरेको गुनासो गरे ।

धरानमा रहेको आदिवासी जनजातिको सीप, परम्परागत ब्यापार, ब्याबसाय तथा क्षमता अभिबृद्दिको लागि आगामी आर्थिक वर्षमा वृद्धि गर्न प्रमुख अतिथि खतिवडामार्फत धरान उपमहानगरपालिकालार्इ उनले अाग्रह गरे ।

तालिमका प्रशिक्षक शुभचन्द्र राईले आफूले सिकाएको सैद्धान्तिक कुरा ब्यबहारमा लागू गर्न आग्रह गरे । हिमायन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालाप्टु शेर्पाले आफू आदिवासी जनजाति महासंघमा हुँदा यस्ता तालिम दिएको तर सिकाईलाई उपयोग नगर्दा अावश्यक पर्दा जनशक्ति नभेट्टाउने तितो अनुभव रहेकाे बताए ।

आगामी दिनमा धरान नगरपालिकाले बहुजातीय संग्रहालय तथा शेर्पा संघद्वारा निर्मणाधीन गुम्बाको भवनमा अावश्यक बजेट माग गरेको उनले बताए । तालिममा शेर्पा समुदायका ४५ जना सहभागी थिए । सहभागीमध्ये पुरुषबाट नोर्बु शेर्पाले र महिलाकोतर्फ फुर्दिकी शेर्पाले आफ्नो सिकाइ अनुभव बाँडेका थिए ।

समापनसभामा बिशेष अतिथि नेपाल शेर्पा संघ सुनसरी जिल्ला अध्यक्ष गेल्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष दातेम्बा शेर्पा, राष्ट्रिय आदिवासी जिल्ला महिला निवर्तमान अध्यक्ष कल्पना शेर्पा, राष्ट्रिय आदिवासी नगर महिला महासंघ धरानका काेषाध्यक्ष बन्जु शेर्पा लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल शेर्पा संघ धरानका अध्यक्ष तेन्जिङ शेर्पाले गरेका थिए भने कार्यक्रम संचालन सचिव दातेन्जी शेर्पाले गरेका थिए ।
Source:Sarbajanik khabar



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2l0PwBe

No comments:

Post a Comment

Pages