पर्यटन प्रवर्द्धनको ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा ! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 8, 2018

पर्यटन प्रवर्द्धनको ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा !

धरानः प्रदेश नम्बर एकको पर्यट प्रवद्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो ।

‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि नेपाल पर्यटन बोर्डले ४० लाख, धरान उपमहानगरपालिकाले ६ लाख र प्रदेश एक भरीका पर्यटन व्यवसायी तथा संघसस्थाहरुबाट सङ्कलन गरिएको थियो ।

तर, आयोजक नेपाल पर्यटन बोर्डले प्रदेश एकभरका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको प्रर्वद्धन, प्रचार प्रसार भन्दा सहभागीहरूलाई मदिरा पिलाए बजेट सक्ने काम गरेको हो । बिहीबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको इस्ट टुरिजम मार्ट २०१८ को समापन भएलगत्तै मदिरा पार्टी सुरु भएको थियो ।

कार्यक्रमका मुख्य अतिथि राई, प्रदेश एकका सभामुख प्रदीप भण्डारी, प्रदेश एकका पर्यटनमन्त्री जगदीश कुसियत र प्रदेशका मुख्य सचिव, सचिवहरू लगायतका करिब ५ सयको हाराहारीमा धरान–१५ स्थित इजिराइर्डस होटेल पुगेका थिए ।

राति ११ बजेसम्म चलेको मदिरा पार्टीका सहभागीहरूलाई वास्टटाइनर बियर, रुसलान भोड्का, रियल टेजर ह्वीस्कीसँग खसी, कुखुरा र बङ्गुरको मासु तथा भोज पकौडा खुवाइएको थियो।

मदिरा पार्टीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा र ‘इस्ट टुरिजम आर्ट २०१८’ का अध्यक्ष भविश कुमार श्रेष्ठको नाममा रहेको निमन्त्रण कार्डबाट सहभागीलाई मदिरा पार्टीमा प्रवेश गराइएको थियो ।

मदिरा पिएर लठ्ठ बनेका धरान उपमहानगरपालिकाका केही कर्मचारी र पर्यटन व्यवसायीहरूलाई आफ्नो सवारी चलाएर घर जान समेत हम्मे परेको थियो । धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पालिखेले पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको बजेट मदिरा पार्टीमा खर्च गर्नु भष्ट्राचार भएको बताए ।

उनले गलतरुपमा पर्यटन प्रवर्द्धनको बजेट मदिरा पार्टीमा खर्च गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । धरान उपमहानगर–१५ का वडाअध्यक्ष नरेश इवारमले जनताको रकमबाट मदिरा पार्टीे गरिएकोमा विरोध जनाएका छन् । उनले उक्त कार्यक्रममा आफू लगायत वडाका सबै सदस्यहरूलाई निमन्त्रण गरिएपनि गलत नियतले कार्यक्रम गरेको चाल पाएपछि आफूहरू नगएको बताए ।

धरान उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले उपमहानगरपालिकाले विनियोजन गरेको बजेटबाट मदिरा पार्टीको आयोजना नगरी पर्यटन बोर्डको आफ्नै बजेट खर्च भएको बताए ।

मदिरा पार्टीको आयोजना गर्नु गलत परिपाटी भएको भन्दै आलोचना गर्दा पर्यटन बोर्डका कर्मचारीले विगतमा पनि यस्तै गर्ने गरेको प्रतिक्रिया दिएको उनले बताए । इष्ट टुरिजम मार्ट २०१८ कार्यक्रमका अध्यक्ष भविशकुमार श्रेष्ठले विदेशी पाहुनासहित २ सय ५० जनालाई मदिरा पार्टीमार्फत सत्कार गरेको बताए । उनले अतिथिहरूलाई सत्कार गरी मदिरासहितको डिनरको व्यवस्था गर्नु बजेटको दुरुपयोग नहुने जिकिर गरेका छन् ।
Source:annapurna post



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2kUznNI

No comments:

Post a Comment

Pages