अब त कोरला बेनी बाटो बन्ला कि ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 7, 2018

अब त कोरला बेनी बाटो बन्ला कि ?

बहु प्रतिक्षित उत्तरी छिमेकी मुलुक चीनसंग सडक संजालमा जोड्ने बेनी कोरला सडक निर्माण कार्य तीव्र बनाएको छ । पर्यटन प्रवेश मार्गको रुपमा परिचित कोरला नाका पर्यटकीय नगरी पोखरा चीनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिनेछ । कोराला नाका खुल्नासाथ चिनिया पर्यटक आगमनमा वृद्धि साथै बेनी कोरला सडक निर्माण सम्पन्न पछि कोरलादेखि पोखरासम्म जोडिने सबैभन्दा छोटो सडक दुरीको हुनेछ । जसबाट नेपाल र चीनको पर्यटन प्रवद्र्धनसंगै ब्यापार सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ । यतिवेला न हिउद न वर्षा यामको सिजन भएकाले विदेशी तथा स्वदेशी पर्यटकको मुख्य गन्तब्य बन्न पुगेको छ मुस्ताङ कोरला बेनी क्षेत्र । हिमालपारिको जिल्ला मुस्ताङको पनि उपल्लो मुस्ताङमा रहेको कोराला नाका झनै सबैको आकर्षण बन्दै गएको छ । विशेषगरी विदेशी पर्यटकहरु जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङ सम्म ट्रेकिङको सहायताले पुग्ने गरेका छन । कोराला नाका जोड्ने बाटो निर्माण हुदै गर्दा पक्कै पनि चार नम्बर प्रदेशमा विकास हुन्छ नै मुलुकको पर्यटन विकासमा समेत टेवा पुग्ने आशा छ । ७ सय वर्ष पुरानो माटोको गुम्बाको बारेमा हेर्न र अध्ययन गर्नका लागि समेत उपल्लो मुस्ताङ महत्वपूर्ण गन्तब्य बन्ने समेत बन्न सक्छ । बेनी जोमसोम हुदै कोराला जोड्ने नाकाको सडक निर्माण सम्पन्न भएपछि आन्तरिक र बाह्य पर्यटकको लागि पनि गन्तब्य स्थल बन्न सक्छ ।



from DakpiKhabar.com https://ift.tt/2kYqsLb

No comments:

Post a Comment

Pages