मुटु रोगी मिङ फुरी शेर्पालाई अमेरिकाबाट सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 14, 2018

मुटु रोगी मिङ फुरी शेर्पालाई अमेरिकाबाट सहयोग

काठमाडौँ, जेष्ठ ३१ । संखुवासभा जिल्ला मादी थमखर्का नगरपालिका वडा ३ निवासी फुर्वा शेर्पाकी मुटु रोगी १२ बर्षिया छोरी मिङ फुरी शेर्पालाई पसि शेर्पाले सहयोग गरेको छ ।


जन्मथलो सोलुखुम्बु भएपनि कर्मथलो अमेरिका बनाएकी सोलुखुम्बु निवासी पसि शेर्पाको संयोजकत्वमा रु १०,२६,४३५ सहयोग गरेको हो । पसी शेर्पाको संयोजकत्वमा रु (८,०२४५७) आठ लाख दुइ हजार चार सय सन्ताउन्न र संखुवासभा शेर्पा सोसाइटी न्युयोक अमेरिकाबाट रु (२,२३,९७८) २ लाख तेइस हजार नौ सय अठ्ठहतर संकलन गरि उपचारका लागि सहयोग गरेका छन ।
गरिब त्यसमा पनि एकल महिलाकी ५ छोरी मध्येकी मिङ फुरी शेर्पा काइली छोरी हुन । उनको मुटु सम्बन्धी समस्या भएकाले उपचार गर्न नसकिएर क्रृण कारी उपचार गराइ रहेको अवस्थामा दिया मिडियाले समाचार प्रसारण गरि यो सहयोग प्राप्त भएको थियो ।
छोरीको उपचार गर्न पाएकोमा उनी सुखी छिन उनले सहयोगी सबैलाई धन्यवाद दिएकी थिइन ।
सहयोग रकम नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पा र आचार्य नोर्बु शेर्पाले दिया मिडिया हाउस अनामनगरमा गइ विरामी मिङ फुरी शेर्पा र उनको आमालाई दिएका थिए ।


पसी शेर्पाको सहयोगले एकल आमाको मुहारमा खुसी छाएको थियो उनी भन्छिन “ मेरो छोरी ठुलो भएर यसरी नै समाज सेवा गरुन“



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Msjye0

No comments:

Post a Comment

Pages