डाेमा शेर्पा लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४ बाट सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 15, 2018

डाेमा शेर्पा लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४ बाट सम्मानित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चार क्षेत्रले बालबालिकाका समाचार संप्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताउनु भएको छ । बालसंवेदनशी र राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७४ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार –२०७४ बाट पुरस्कृत पत्रकार र सगरमाथा आरोहण गर्ने पत्रकारलाई बधाइ दिँदै मन्त्री थापाले समाजमा रहेका विकृति विसंगतिलाइ न्यूनिकरण भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यले बालबालिका सम्बन्धित सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्दा त्यसले पार्नसक्ने प्रभाव बारे पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठ, केन्द्रीय बालकल्यण समितिका कार्यकारी निर्देशक तारक धिताल लगायतले पुरस्कृत पत्रकारलाई बधाई दिनुभयो ।
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७४ अन्तर्गत रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका ) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल . सिन्धुली) छापामाध्यमतर्फ सुशील दर्नाल (रासस–उपत्यका) र निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल) बाजुरालाई प्रदान गरिएको छ ।
त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल) रुपन्देही र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की नेपाल वातावरण पत्रकार समुह र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिएको छ ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघले संयुक्त राज्य अमेरिकामा क्रियाशील संस्था मदरल्याण्डसँगको सहकार्यमा प्रदान गर्दै आएको ‘‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४’ लैङ्गिक समानताको नारासहित सगरमाथा आरोहण गर्ने रोशा बस्नेत, कल्पना महर्जन, रोजिता वुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ्ग र पूर्णिमा श्रेष्ठ तथा सगरमाथा आरोहण प्रयास गर्ने प्र्रियलक्ष्मी कार्कीलाई संयुक्तरूपमा प्रदान गरियो । सगरमाथा आरोहणमा संलग्न ६ जना पत्रकार महिलालाई संयुक्तरूपमा एक लाख वीस हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बालमैत्री सञ्चार निर्देशिका –२०७३ सम्बन्धमा अन्तक्र्रिया र अभिमुखिकरण कार्यक्रम भएको थियो ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2t6HMkQ

No comments:

Post a Comment

Pages