सोलुदुधकुण्ड नगरपालिकामा लक्षित वर्गलाई सम्मान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 14, 2018

सोलुदुधकुण्ड नगरपालिकामा लक्षित वर्गलाई सम्मान

जेठ ३०, सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई सम्मान गरेको छ । नगरपालिकाको वडा नम्बर ५ ले बुधबार एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो ।
जेष्ठ नागरिकको सम्मान गर्दै थर्मस र मग हस्तान्तरण गरिएको छ । वडा नम्बर ५ भित्रका ७० जना जेष्ठ नागरिकलाई एक एक वटा थर्मस र मग वितरण गरिएको वडाअध्यक्ष मिङ्मार तामाङले जानकारी दिनुभयो ।
सोलुदुधकुण्ड नगरपालिकका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ७५ जना बालबालीकालाई १६ वटाको दरले कापी वितरण गरिएको छ । यस्तै १६ जना फरक क्षमता भएकाहरुलाई टनेला वितरण गरिएको वडा अध्यक्ष तामाङले बताउँनुभयो । लक्षित बर्गको बजेटबाट उनीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
वडा कार्यालय मार्फत विनियोजीत ज्येष्ठ नागरिकका लागि रु.१ लाख, फरक क्षमता भएकाहरुका लागि रु.९० हजार र बालबालिकाहरुका लागि रु.१ लाख ७० हजार गरी जम्मा रु.३ लाख ६० हजारबाट उक्त कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।
यस्तै ४६ जना बालबालिकालाई छात्रावृत्ति अन्तर्गत स्कूलको पोशाक केही दिनमा वितरण गरिने वडा अध्यक्ष तमाङ्ले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुदै नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई सवैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृतिको सबैले सबैतीर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
सोलु एफ एम



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2MpmbNC

No comments:

Post a Comment

Pages