शेर्पा सञ्चारद्वारा आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 15, 2020

शेर्पा सञ्चारद्वारा आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौँ : १२ औँ स्थापना दिवस तथा छैटौँ महाधिवेशनको अवसरमा शेर्पा सञ्चार समूहले आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
शेर्पा सञ्चार समूहले ‘मातृभाषाको महत्व र वर्तमान अवस्था’ शीर्षक राखेर अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण प्रत्यक्ष उपस्थित हुन असम्भव भएकाले अनलाइन माध्यमबाट कार्यक्रम गर्न लागेको संस्थाकी अध्यक्षन निम्लेकी शेर्पाले बताउनु भयो । विश्वभर फैलिएको कोरोना महामारीका कारण प्रत्यक्ष उपस्थित हुन असम्भव भएकाले प्रविधिको प्रयोग गरी कार्यक्रम गर्न लागिएको हो ।

युवामा रहेको प्रतिभाको खोजी गरी उनीहरूलाई प्रोत्साहन गर्ने र बौद्धिक एवं सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । अध्यक्ष शेर्पाले प्रतियोगितामा सहभागी भई मौकाका फाइदा लिन आदिवासी युवालाई अनुरोध गर्नुभयोे ।
अनलाइन वत्तृmत्वकला प्रतियोगिता विजेताले प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारका दरले पुरस्कार पाउने छन् । त्यस्तैै फेसबुकको लाइक कमेन्ट र शेयरको आधारमा निर्णायक मण्डलले विजेता घोषणा गर्नेछ । साथै लाइक कमेन्ट र शेयरमा उत्कृष्ट प्रतियोगीलाई ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिने छ ।
प्रतियोगितामा प्रतियोगीले माथि उल्लेखित शीर्षकमा आफ्नो प्रस्तुति उठाउनु पर्ने छ । भिडियो पठाँउदा आफ्नो परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि तथा नाम, स्थायी, अस्थायी ठेगाना, सम्पर्क नम्बर लिखित रूपमा पठाउनु पर्नेछ ।
प्रतियोगितामा ५ मिनेटसम्मको भिडियोलाई समावेश गर्न पर्ने, प्रतियोगीले भिडियो असोज २१ गतेसम्म पठाइसक्नु पर्नेछ ।
प्रतियोगितामा भाग लिन यी नियम पालना गर्नुपर्ने बताइएको छ–
१. प्रतियोगी आदिवासी जनजाति समुदायका २५ वर्षभन्दा कम उमेरका हुनुपर्नेछ ।
२. प्रतियोगीले आफ्नो प्रस्तुति राख्न ५ मिनेटको समय पाउनेछ ।
३. प्रतियोगीले पाँच मिनेटको आफ्नो भिडियो शेर्पा सञ्चार समूह नेपालको फेसबुक पेज इमेल अथवा भाइबर मार्फत पठाउनु पर्नेछ ।
(sherpamedianepal@gmail.com,9861206139/ 9808238607 Viber)
४. प्रतियोगीले कुनै पुस्तक, पत्रपत्रिका तथा लिखित सामग्री प्रयोग गर्न पाउने छैन ।

The post शेर्पा सञ्चारद्वारा आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना appeared first on .



from https://ift.tt/2Rr6lpt

No comments:

Post a Comment

Pages