डा. बाबुराम भट्टराईसँग पार्टी निकट प्रवास संगठनहरुले अन्तरकृया गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 15, 2020

डा. बाबुराम भट्टराईसँग पार्टी निकट प्रवास संगठनहरुले अन्तरकृया गर्ने

सेप्टेम्बर १५/लिस्बन – पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी निकट प्रवास संगठनहरुले अन्तरकृया गर्ने भएका छन । जनता समाजवादी पार्टीका पोर्तुगल स्थित प्रवास संगठन नेपाली समाज पोर्तुगलले भर्चुअल माध्यम जुम मार्फत आयोजना गर्न लागेको कार्यक्रममा विभिन्न देशहरुमा गठित पार्टीका प्रवास संगठन नेपाली समाजका प्रतिनिधिहरु सहभागी हुने नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाले बताए ।
सेप्टेम्बर २० आईताबारका दिन आयोजना हुने उक्त अन्तरकृया कार्यक्रम विशेष गरी नेपालको वर्तमान राजनीति, पार्टीको भुमिका र एमसीसि परियोजनाका वास्ताविकता लगायतका विषयहरुमा केन्द्रीत हुने आयोजक संस्थाका महासचिव ईश्वर पाण्डेले जानकारी दिए । अन्तरपार्टी संवाद र प्रशिक्षणको रुपमा आयोजना हुने कार्यक्रम भएकाले जनता समाजवादी पार्टीसँग आवद्ध प्रवास संगठनका सबैलाई कार्यक्रममा उपस्थिती जनाउन समेत महासचिव पाण्डेले अनुरोध गरेका छन ।

The post डा. बाबुराम भट्टराईसँग पार्टी निकट प्रवास संगठनहरुले अन्तरकृया गर्ने appeared first on .



from https://ift.tt/3mt5brU

No comments:

Post a Comment

Pages